नेभिगेसन मेनु

जोखिम मोलेर पहिरो पार गर्दै बसयात्रु
सम्पादक:南亚网络电视
समय:2024-07-25 13:12

pairo-par-gardai-bush--(2)

म्याग्दी, साउन १० गते । मुक्तिनाथ दर्शनका लागि हिंडेका यात्रीहरु कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका –२ बैसरी पहिरोको जोखिम मोल्दै पार गर्न बाध्य छन् ।  

म्याग्दी खण्डमा पहिरोका कारण वर्षायाममा यात्रा जोखिमपूर्ण भएको छ । सडक माथिदेखि पहिरो खस्ने भएकाले यो खण्ड अत्यन्तै जोखिमपूर्ण छ । यहाँ सडक माथिबाट लेदोसहितको ढुङ्गा झरिरहन्छ । सडकदेखि माथि ठुलो पहिरो छ । 

म्याग्दी खण्डमा मात्र साना र ठुला गरी करिब ५० स्थानमा पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको हो । म्याग्दी खण्डमा पहिरो र कालिगण्डकी कटानका कारण धेरै स्थानको सडक छिया–छिया भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर