नेभिगेसन मेनु

पहिरोले गण्डकीको ६ सडक अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-07-06 14:03

pahiro

लेखनाथ, असार २२ गते । शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा पर्ने प्रमुख राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध भएको छ । झरीपछि आएको पहिरोले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बनेको हो । 

पृथ्वी राजमार्गको तनहुँ खण्डमा पर्ने म्याग्दे गाउँपालिका वडा –४ को मनोहरीमा हिलो बाटोमा ट्रक र बस फसेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले पृथ्वी राजमार्गसहित प्रदेशका मुख्य राजमार्ग र केही सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । “सबै अवरुद्ध सडकमा प्रहरी खटाएर पहिरो पन्छाउने काम भइरहेको छ, वर्षा जारी रहेकाले काम गर्न कठिनाइ भएको छ” उहाँले भन्नुभयो ।

सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड पहिरोका कारण चार ठाउँमा अवरुद्ध भएको छ । बेंसीशहर मनाङ सडक, मालढुंगा बेनी, बेनी दरबाङ र बेनी जोमसोम सडक पनि बाढी र पहिरोका कारण बन्द छन् । बेंसीशहर चामे सडकमा मस्र्याङ्दी –४ हावाडाँडामा पहिरोले बाटो बन्द छ । मालढुंगा वेनी सडकको कुश्मा नगरपालिका वडा –१ मालढुंगामा पहिरो आएको छ । बेनी जोमसोम सडकमा रघुगंगा ३ बैसरीमा लेदोसहित पहिरोले बाटो बन्द छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो पनि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाको बुलेटिनमा गण्डकीका केही स्थानमा अति भारी वर्षा हुने जनाउँदै शतर्क रहन भनिएको छ । शनिबार रातिसमेत वर्षा जारी रहने महाशाखाले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर