नेभिगेसन मेनु

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प
सम्पादक:南亚网络电视
समय:2024-07-17 13:22

bhukampa-earthquek

काठमाडौँ, साउन २ गते । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प  गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । 

पहिरोले टहरा पुर्दा चार जना भूकम्प पीडित गम्भीर घाइते

जाजरकोट, साउन २ गते । जाजरकोटमा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना गम्भीर  घाइते भएका छन् । जिल्लाको कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथि वाट पहिरोले परेर उनिहरु घाइते भएका हुन । 

dfhbsfdh

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुसोत्तम पाण्डेका अनुसार घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ का दलसरी थापा, उहाँकी छोरी ४ वर्षीया हस्तीका थापा, बर्ष २९की कमला थापा, र १७ वर्षीया निरमाया थापा रहेका छन् ।

घाइतेहरू मध्य विष्णु थापाको अवस्था गम्भीर रहेको जनाइएको छ । राती भएको घटना लगत्तै वडा अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी गराए पश्चात् प्रहरी चौकी पैंक वाट घटनास्थलमा पुगी घाइतेहरू लाई  उद्धार गरिएको थियो । 

घाइतेहरूलाई प्रहरी र स्थानीयले बोकेर  सुरक्षित स्थानमा राखिएको र  अहिले उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाउने तयारी भएको वडा अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी दिनु भयो । घाइतेहरू लाई   हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको डिएसपी पाण्डेले जानकारी दिनु भएको छ । मौसम प्रतिकुलताका कारण हेलिकोप्टर आउन ढिलाइ भइरहेको डिएसपी पाण्डेको भनाई रहेको छ । 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर