नेभिगेसन मेनु

सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
सम्पादक:南亚网络电视
समय:2024-07-14 13:15

Untitled-2 (1)

असार ३० गते । म्याग्दीको मालिका गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण गरिएको छ । गाउँपालिकाको ७६ लाख रुपियाँ बजेटबाट पन्थोकमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो । यसअघि भीम मावि परिसरमा रहेको साबिक देवीस्थान गाविसको पुरानो, साँघुरो र जीर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । 

अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको सात कोठा भएको एकतले भवन बनाइएको छ । भवन निर्माण गर्नका लागि गत मङ्सिर १८ गते भगवती मालिका कन्स्ट्रक्सनसँग ७६ लाख सात हजार ५८८ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

एक सभा हल, वडाध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा चार वटा शौचालय र शयनकक्ष छन् । वडाध्यक्ष भीम पुनले नवनिर्मित भवन हस्तान्तरण भएपछि सेवा नियमित गर्ने बताउनुभयो । उहाँका अनुसार निवर्तमान वडा सदस्य सुबेदार दिलबहादुर पुनको नेतृत्वमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर स्थानीय केमबहादुर मल्लबाट खरिद गरिएको करिब चार रोपनी जग्गा वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको थियो । सुविधासम्पन्न भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाहमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडा कार्यालयसम्म पुग्न पहुँचमार्गसमेत निर्माण गरिएको छ । 

पार्किङसहितको सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्न सहज बन्ने अपेक्षा गरिएको स्थानीय लोकेन्द्र पुनले बताउनुभयो । सात वटा वडा रहेका मालिका गाउँपालिकाको यसअघि वडा नम्बर ३ को किटिनीमा भवन निर्माण भएको थियो । वडा नम्बर ६ को कार्यालय तत्कालीन दरबाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ । वडा नम्बर २ र ४ का वडा कार्यालय पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएका छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नम्बर १ र ७ को वडा कार्यालय भवन निर्माणका लागि दुई करोड रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर