नेभिगेसन मेनु

पूर्वप्रदेश सभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान
सम्पादक:南亚网络电视
समय:2024-07-04 11:33

jell

महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । 

मधेस आन्दोलनका क्रममा वि.सं.२०७२ भदौ २५ गते विकको हत्या भएको थियो । उक्त प्रकरणमा संलग्न भएको आरोपमा गत शनिबार पक्राउ परेका पूर्व संविधान सभा सदस्य यादवलाई न्यायाधीश फनेश्वरी घिमिरेको एकल इजलासले आज कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो । यादवलाई आगजनी मुद्दामा पाँच हजार जरिवानासमेत गरिएको स्रेस्तेदार नुतन झाले जानकारी दिनुभयो । 

यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६४ सालको संविधानसभा निर्वाचनमा महोत्तरीको क्षेत्र नम्बर ४ र २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । महोत्तरी जिल्ला अदालतले वि.सं.२०८० मङ्सिर २८ गते सशस्त्र प्रहरी सहायक निरीक्षक विकको हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो । सोही मुद्दामा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई सफाइ दिएको थियो । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर