नेभिगेसन मेनु

राजमार्ग कालोपत्रे आयोजनाले गति लियो
सम्पादक:南亚网络电视
समय:2024-06-02 11:37

Untitled-1

जेठ २० गते  ।  नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय कोशी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको सडकखण्ड कालोपत्रे आयोजनाले गति लिएको छ । निर्माण कम्पनी शर्मा शिवशक्ति जेभी अन्तर्गत शर्मा निर्माण सेवाले सडक कालोपत्रेको जिम्मा लिएको छ । 

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि मकालु गाउँपालिकाको नुमसम्म ३९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको शर्मा शिवशक्ति जेभीले काम गर्न सकेको थिएन । ‘ब्याक कटिङ’ र केही पर्खाल लगाउनबाहेक काम नभएपछि शर्मा निर्माण सेवाले कालोपत्रे जिम्मा लिएको हो । 

शर्मा र शिवशक्तिको जोइन्ट ठेक्का भए पनि शिवशक्तिले निर्माणको जिम्मेवारी लिएर सम्झौता गरे अनुरूप काम नगर्दा ढिलाइ भएकाले ठेक्का तोडेर कारबाही प्रव्रिmया सुरु गर्न लागिएको थियो । 

शिवशक्तिले २०८० पुस १७ मा सम्पन्न गर्ने गरी २०७८ असार १७ गते आयोजना सम्झौता गरेको हो । उक्त समयसम्म पनि सन्तोषजनक काम नभएपछि असार १४ सम्मका लागि पहिलो पटक म्याद थपिएको थियो । म्याद थप गरिए पनि काम नगरेपछि धरौटी रकमसमेत जफत गरेको थियो । 

यसपछि निर्माण कम्पनीलाई कालो सूचीमा राख्नेलगायत प्रव्रिmया सुरु गर्ने बेलामा मूल कम्पनी शर्मा निर्माण सेवाले आफूले जिम्मा लिएर काम गर्ने प्रतिबद्धता जनाउँदा दोस्रो पटक म्याद थप गरिएको आयोजना कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिनुभयो । 

शर्माको प्रतिबद्धतापछि गत वैशाख ५ गते म्याद थप गरिएको हो । माघदेखि नै शर्माले साइटको जिम्मा लिएर काम गरिरहेको कोइरालाले बताउनुभयो । शिवशक्तिले ४० महिनामा २२ प्रतिशत मात्र काम गरेको आयोजना जानकारी उहाँले दिनुभयो । 

शर्माले निर्माणले कालोपत्रेको जिम्मा लिएपछि कामले पनि गति लिएको दाबी उहाँको छ । “अहिले कालोपत्रेका लागि आवश्यक पर्ने तयारीलगायत उपकरण राख्ने काम सुरु भइसकेको छ,” उहाँले भन्नुभयो । बर्सातको समयमा पनि काम गर्न माथिल्लो खण्डको लागि इन्धन भण्डारण पम्पसमेत निर्माण गरिएको छ । शर्मा निर्माण सेवाले करिब तीन महिनामा १६ प्रतिशत भौतिक प्रगति भइसकेको कार्यालय प्रमुख कोइरालाले जानकारी दिनुभयो । शर्माले थप गरिएको समयभित्र काम सम्पन्न गर्ने अपेक्षा गरिएको छ । पछिल्लो पटक थप गरिएको म्याद अनुसार शर्माले २०८२ साल भदौ मसान्तभित्र कालोपत्रेलगायत सम्पूर्ण काम गरिसक्नुपर्ने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर