नेभिगेसन मेनु

क्यान्टिलिभर पुल मर्मतपछि सञ्चालन
सम्पादक:南亚网络电视
समय:2024-06-20 18:21

sbnsnf (1)

असार ६ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका – १ यारु बगरमा भएको क्यान्टिलिभर पुल (भीर खोपेर बनाइएको) तीन वर्षपछि मर्मत सँगै स्थानीय तथा पर्यटकलाई यात्रा गर्न सहज भएको छ । २०७८ सालमा आएको बुढीगण्डकीको बाढीले क्यान्टिलेभर पुलमा क्षति पुर्‍याउँदा त्यस पुलबाट ३ वर्षसम्म आवतजावत नै बन्द भएको थियो । 

धार्चे गाउँपालिकाको चालु आर्थिक वर्षमा छुट्टाएको ५ लाख बजेटबाट पुलमा ग्याबिन तथा सिडी लगाएर फलामको रेलिङसहित क्यान्टिलेभर पुल मर्मत भएपछि असार महिनाबाट हिँड्न मिल्ने बनाएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्यान्टिलिभर पुलको बिच भागमा यारु भीरबाट झरेको ढुङ्गाले पुलमा सामान्य क्षति पुर्‍याए पनि त्यस पुलमा सहज यात्रा गर्न  मिल्ने पुल बनाएका हौ, उहाँले भन्नुभयो, “पुलको बेसमा ग्याबिन राखेर ११- १२ वटा भर्याङ राखेर रेलिङ हालेर पुलमा हिँड्न मिल्ने बनाएका छौ ।”

२०७२ साल वैशाख १२ गते  भूकम्पले मनास्लु पदमार्ग क्षतविक्षत बनाउँदा यारु भीरमा पदमार्गको ट्र्याक समेत नरहेपछि यारु भीरमा टाँसिएको नौलो प्राबिधिको क्यान्टिलिभर पुल निर्माण भएको धार्चे गाउँपालिकाले जनाएको छ । 

धार्चे गाउँपालिकाको आग्रहमा युके एडको आर्थिक सहयोगमा बनेको एक सय पन्ध्र मिटर लामो पुल २०७३ जेठबाट सञ्चालनमा आएको थियो । तलपट्टि बुढिगण्डकी र माथिपट्टि कहालीलाग्दो भीरको बिचको यारु भीरका भित्ता खोपेर फलामका फरक बोल्टहरुले जोडेर पुल निर्माण गरिएको थियो । 

धार्चे गाउँपालिकाका स्थानीय तथा चुमनुब्री गाउँपालिकाका स्थानीय बुढीगण्डकीको बगर भएर आउजाउ गर्दै आएका थिए । त्यस ठाउँको यारु भीरको वारिबाट लार्के सडकको ट्र्याक खुलेको छ । यो पुल मर्मत सम्भारसँगै मनास्लु क्षेत्र पुग्ने पर्यटकलाई सहज भएको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाई छ । मनास्लु क्षेत्र घुम्न आउने पर्यटकको रोजाइमा क्यान्टिलिभर पुल पनि पर्छ । बगरबाट लगभग १० मिटर भीरमा पुल झुन्डिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर