नेभिगेसन मेनु

आरोहण इतिहासमा नयाँ रेकर्ड, कामी रिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण
सम्पादक:南亚网络电视
समय:2024-05-22 11:44

dfgndnfg

जेठ ९ गते । कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामी रिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । आज (बुधवार) बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३० औँ पटक आरोहण गर्नुभएको  छ । 

फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उहाँले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको  सगरमाथाको चुचुरोमा पुगेको कम्पनीका प्रमुख तथा आधार शिविर म्यानेजर टासि लाक्पा शेर्पाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । यसै महिना मात्र शेर्पाले २९ औँ पटक सगरमाथाको आरोहण गरेका थिए । 

सोलुखुम्बु थामेका ५४ वर्षीया कामी रिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामी रिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर