नेभिगेसन मेनु

विदेशी फिल्म सुटिङलाई प्रवर्द्धन गर्न सरोकारवालाको माग
सम्पादक:南亚网络电视
समय:2024-06-05 17:16

shooting2024-06-03-11-13-06

नेपालमा अन्तर्राष्ट्रिय फिल्मको सुटिङ बढाउने वातावरण बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।  गोपीकृष्ण फिल्मस्ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ अन्तरक्रिया  कार्यक्रममा बोल्दै चलचित्र निर्देशक मीन भामले सुटिङका लागि नेपाल महँगो बन्दै गएकाले विदेशी फिल्ममेकरहरू अन्यत्र आकर्षित भइरहेको बताए ।

उनले नेपालमा सरकारी संयन्त्र झन्झटिलो भएको, विदेशबाट सामान ल्याउन झमेला रहेको र दक्ष जनशक्तिको अभाव रहेको बताए । सरकारको नीति परिवर्तन नभएसम्म विदेशी फिल्ममेकरलाई नेपालमा आकर्षित गर्न कठिन हुने उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सुटिङ गर्न आउने विदेशी फिल्ममेकरलाई सहज हुने गरी कानुन बनाउन पहल गर्ने बताइन् । ‘मुख्य कुरा ऐन–कानुन चाहिएको हो । यसका लागि चलचित्रकर्मीले एकजुट भएर आफ्ना समस्या राख्नुपर्छ । 

मन्त्रालयका प्रतिनिधिसँग समूह–समूहमा भेटेर हुँदैन,’ उनले भनिन् । चर्चित बलिउड फिल्म ‘जिरो’का लाइन प्रोड्युसर सर्फराज आलमले नेपाली जनताको इच्छाशक्ति र यहाँका फिल्ममेकरको लगावले नेपाललाई राम्रो फिल्म गन्तव्य बनाउन सक्ने बताए । 

अन्तर्राष्ट्रिय फिल्म पर्यटन अभियन्ता टेरेन्स कार्डोजले नेपालमा कम खर्चमै सुटिङ गर्न सकिने फाइदाबारे पनि विदेशीलाई बुझाउनुपर्ने बताए । ‘अन्य देशमा सहुलियत मिल्ला । तर, सहुलियत मात्रै ठूलो कुरा होइन । युरोपमा सहुलियत पाएर खर्च हुने रकमभन्दा कम रकममै यहाँ खिच्न सकिन्छ । किन सहुलियतको झन्झट लिने भनेर पनि हामीले फिल्ममेकरलाई कन्भिन्स गर्न सक्छौँ ।’ कार्यक्रममा बलिउड निर्माता चन्द्र के झा, चिनियाँ फिल्ममेकर लिय यु, लि झिहान तथा नेपाली फिल्मकर्मीहरूले आफ्ना धारणा राखेका थिए । 

नेपालले आफ्नो बजार बनाउनुपर्छ

चन्द्रकान्त झा, फिल्म निर्माता माउन्टेन रिभर फिल्मस्, भारत 

म दिल्लीबाट नेपाल आउँदा सधैँ उत्साहित हुन्छु । नेपालमा एक जापानिज, एक इटालियन र दुई–तीन नेपाली फिल्म बनाइसकेको छु । यहाँ समस्या सिनेमामा मात्रै होइन, धेरै ठाउँमा छ । यी सबै समस्याका बाबजुद धेरै विदेशी फिल्म नेपालमा सुट भइसकेका छन् । त्यहीकारण हामी धेरै चिन्तित हुनुपर्ने पनि जरुरी छैन । 

यहाँको लोकेसन निकै राम्रो छ । नेपालले अन्तर्राष्ट्रिय फिल्म जगत्लाई धेरै दिन सक्छ । यसका लागि राम्रा फिल्म फेस्टिभलमा उपस्थिति जनाउने, राम्रो बजार बनाउने काम गर्नुपर्छ । पछिल्लो समय अवस्था सुध्रिरहेको छ । सिनेमाबारे बहस चलिरहेको छ । केही वर्ष अघिसम्म यस्तो थिएन । 

नेपालमा ज्याकी चेन आएका थिए । एभरेस्टमा उनको फिल्म सुट भएको थियो,  यो फिल्मले चीनमा राम्रो कमायो । तर, नेपालमा खासै चर्चा भएन । बलिउडमा पनि नेपालीको राम्रो उपस्थिति छ । बालाजी फिल्मका आर्ट डाइरेक्टर नेपाली छन् । यसरी विदेशी फिल्ममा पनि नेपालीले राम्रो योगदान गरिरहेका छन् । तर, उनीहरूकै विषयमा यहाँ त्यति चर्चा हुँदैन ।

उनीहरूलाई बोलाउने, अन्तर्राष्ट्रिय बजारका विषयमा छलफल गर्ने गर्न सकिन्छ । केही समयअघि मात्रै मीन भामको साम्बाला बर्लिनमा गयो । आज अनिल कपुर साम्बलालाई भारतमा देखाउन इच्छुक छन् । तर, नेपालमै यो फिल्मको चर्चा जति हुनुपर्ने हो, त्यो भएको देखिँदैन । नेपालले आफ्नो बजार बनाउनेतर्फ ध्यान दिनुपर्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर