नेभिगेसन मेनु

हवाई टिकटमा भ्याट नहटेकामा पर्यटन व्यवसायीको गुनासो
सम्पादक:南亚网络电视
समय:2024-05-31 12:50

Natta-1717061922

जेठ १८ गते । नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ । 

नाट्टाका अध्यक्ष रमेश थापाले चालु आवको बजेटमा व्यवस्था भएको विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको भ्याट परिमार्जित नभए सरकारको महत्वाकाङ्क्षी लक्ष्य पूरा नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हवाई यात्राका हिसाबले त्यसै पनि नेपाल एसियाको महँगो गन्तव्यको सूचीमा पर्दै आएको छ । यात्रुले यात्रा गर्नुपूर्व सबैभन्दा पहिले टिकट नै हेर्ने भएकाले महँगो हवाई शुल्कका कारण नेपाल आउन चाहेका यात्रुले गन्तव्य परिवर्तन गरिरहेका छन् ।”

सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुनुमा गैरआवासीय नेपालीको आगमन सङ्ख्याले बढावा दिएको जनाउँदै उहाँले उल्लेख्य रूपमा पर्यटक भित्र्याउन भ्याट परिमार्जन गरेर व्यवसायी र यात्रुमैत्री बनाइनुपर्नेमा जोड दिनुभयो ।

विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्थाले पर्यटन व्यवसायी र हवाई यात्रु मर्कामा पर्दै आएको बताउँदै उहाँले जसका कारण नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यासमेत उल्लेख्य मात्रामा बढ्न सकेको बताउनुभयो । अध्यक्ष थापाले हवाई क्षेत्रको विकासका रूपमा सम्पन्न भइसकेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा भ्याटकै कारण पर्यटक भित्र्याउनका लागि सरकारले राखेको लक्ष्य पूरा हुन नसक्ने दाबी गर्नुभयो । 

त्यस्तै होटल एसोसिएसन अफ नेपाल (हान) ले चालु आवको बजेटमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हवाई भाडामा लगाइएको १३ प्रतिशत भ्याटले नेपाल गन्तव्य झन् महँगो भइरहेको र पर्यटक आगमनमा समेत असर परिरसहेको अवस्थामा आगामी आवको बजेटले समेत उक्त विषयलाई निरन्तरता दिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

हानले सरकारको नीति तथा कार्यक्रममा प्रमुखताका साथ उल्लिखित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक उडान बढाउने कुनै पनि कुरा बजेट वक्तव्यमा नसमेटिएकामा चिन्ता व्यक्त गरेको छ ।

हानले सरकारले घोषणा गरेको पर्यटन विकास दशक सन् २०२३–२०३२ र सन् २०२५ मा आयोजना गर्ने भनिएको विशेष पर्यटन वर्षबारे केही उल्लेख नभएकोप्रति निराशा व्यक्त गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर