नेभिगेसन मेनु

आठ वर्षमा पनि सकिएन चराङ–छोसेर खण्ड
सम्पादक:南亚网络电视
समय:2024-05-22 11:39

Charang-Choser-road

जेठ ९ गते । कालीगण्डकी कोरिडोरको सडक आयोजना अन्तर्गत चराङ–छोसेर खण्ड अलपत्र छ । ठेकेदारको लापर्बाहीका कारण ठेक्का लगाएको आठ वर्ष हुँदा पनि २५ किलोमिटर दुरीको सडक स्तरोन्नतिले पूर्णता पाउन सकेको छैन । 

आठ वर्षअघि उक्त खण्डको २५ किलोमिटर सडक स्तरोन्नति गर्न तामाङ–गौरी–पार्वती–कोशी एन्ड न्यौपाने जेभीसँग २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङले ठेकेदारको ढिलासुस्तीले सडक निर्माण योजनाले पूर्णता पाउन नसकेको बताउनुभयो । तीन वर्षमा सकिनुपर्ने काम आठ वर्ष बितिसक्दा पनि पूर्णता नपाउनु ठेकेदारको चरम लापर्बाही भएको उहाँले बताउनुभयो । 

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि लोमान्थाङ गाउँपालिका–१, छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न कालीगण्डकी कोरिडार, बेनी–जोमसोम कोरला सडक योजनाले २०७२ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो । सडक निर्माणमा भएको ढिलाइका कारण ल्होमान्थाङ र कोरला नाका भ्रमणमा आउने पर्यटकले सास्ती पाएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै सडक स्तरोन्नतिको काम नसकिँदा उपल्लो मुस्ताङवासीका साथै पर्यटकले पनि दुःख पाएका छन् । योजना सम्पन्न गर्न ठेकेदारलाई दबाब दिए पनि सुनुवाइ भएको छैन ।” सडकमा धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा सवारीसाधन वारपार गर्न समस्या भएको छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर