नेभिगेसन मेनु

मलेसियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १० को मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-04-23 15:47

1668950987-4CLJ8

वैशाख ११ गते । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकोप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्रस्त एउटा हेलिकोप्टरमा सात अर्कोमा तीन जना सवार थिए ।

“सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ”, विज्ञप्तिमा भनिएको छ, “पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ ।” रासस/सिन्ह्वा

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर