नेभिगेसन मेनु

डोनाल्ड ट्रम्प र स्टर्मी डेनियल अदालतमा आमनेसामने, बयान रोक्दै न्यायाधीशले भने- ‘यति विस्तृतमा नभन्दा नै राम्रो’
सम्पादक:南亚网络电视
समय:2024-05-08 12:50

trump_and_strumi_sdneV3AKAr

एजेन्सी : अमेरिकाको म्यानहट्टन अदालतमा पूर्व पोर्न स्टार स्टर्मी डेनियल र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक आमनेसामने भएका छन्।

ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावअघि मौन बस्नका लागि स्टर्मी डेनियललाई १३ लाख डलर गैरकानूनी रूपमा दिएको आरोप छ। जसको सुनुवाइ अहिले अदालतमा चलिरहेको छ।

अदालतमा न्यायाधीशले पूर्व राष्ट्रपति ट्रम्पलाई चिन्छौं भनेर नसोधेसम्म उनले पूरै दिन ट्रम्पलाई ध्यानै दिएकी थिइनन्।

स्टोर्मीले अदालतमा पूर्व राष्ट्रपतिले आफूसँग यौनसम्बन्ध रहेको दाबी गरेकी थिइन्। तर, ट्रम्पले यी आरोप अस्वीकार गर्दै आएका छन्।

ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनले स्टर्मीलाई मौन बस्नका लागि पैसा दिएको स्वीकार गरे पनि यौन सम्बन्ध राखेको भने खण्डन गर्दै आएका छन्।

स्टर्मीले ट्रम्पसँगको भेटको बारेमा यति विस्तृत जानकारी दिएकी थिइन् कि न्यायाधीशले नै केही-केही कुराहरू नभन्दा पनि राम्रो हुन्छ भनेर रोक्नुपरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर