दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावास पर्सि बन्द हुने भएको छ । कोरियाको बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा परेकाले जेठ २ गते दूतावास बन्द गरिने भएको हो ।
‘कोरियाको बुद्ध जयन्तीका अवसरमा २०८१ साल जेठ २ गते (तदनुसार मे १५, २०२४) बुधबारका दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, आज जारी सूचनामा उल्लेख छ ।
कोरियन चन्द्रमासको क्यालेण्डरको आधारमा मनाइने बुद्ध जयन्ती यो वर्ष मे १५ मा परेको छ । जयन्तीको अवसरमा त्यहाँ राष्ट्रिय बिदा दिने चलन छ । सो दिन त्यहाँका नागरिकले बौद्ध भिक्षुहरुलाई निःशुल्क खाना र चिया प्रदान गर्दछन् ।