नेभिगेसन मेनु

जेलबाट निस्केपछि मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीमाथि तानाशाहको आरोप
सम्पादक:南亚网络电视
समय:2024-05-12 12:13

438115627_400992516095185_8350500904808063105_n_NN8U994wza

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तानाशाहको आरोप लगाएका छन् । तिहाड जेलबाट रिहा भएलगत्तै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा उनले मुलुकलाई तानाशाहीबाट बचाउन अपिल गरेका हुन् । 

उनले आफू तानाशाहीविरुद्धको लडाइमा होमिएको जनाउँदै उक्त लडाईंमा विजयी हुन एक अर्ब ४० करोड भारतीयको समर्थन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका केजरीवाललाई सर्वोच्च अदालतले ४९ दिनपछि धरौटीमा हिजो रिहा गरेको हो । अदालतले उनलाई जारी लोकसभा चुनावमा प्रचारप्रसार गर्नसमेत अनुमति दिएको छ । उनको रिहाइमा हजारौं समर्थकले जेल बाहिर पटाका पड्काएका थिए भने लामो समयसम्म नाराबाजी गरेका थिए ।

भारतमा अप्रिल १९ देखि भइरहेको लोकसभा चुनाव सात चरणमा सम्पन्न हुँदैछ ।  केजरीवालको आम आदमी पार्टी (आप) ले सत्ता सञ्चालन गरिरहेको नयाँ दिल्लीमा मे २५ र पञ्जाबमा १ जुनमा मतदान हुने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर