नेभिगेसन मेनु

इरानले कब्जामा लिएको जहाजका सात चालक दलका सदस्य रिहा
सम्पादक:南亚网络电视
समय:2024-05-10 13:50

MSC-Aries_puqNZ8ICV6

एजेन्सी : इरानले अप्रिल १३ मा कब्जामा लिएको एमएससी एरिज जहाजका सात जना चालक दलका सदस्यलाई रिहा गरेको छ।

पोर्चुगलको झण्डा भएको जहाजका चालक दलका २५ जनामध्ये सात जनालाई इरानले रिहा गरेको पोर्चुगलको विदेश मन्त्रालयले जनाएको छ।

‘पाँच भारतीय, एक फिलिपिनो र एक एस्टोनियन नागरिकलाई आज रिहा गरिएको छ’,  मन्त्रालयले विज्ञप्तिमा भनेको छ। अर्का एक चालक दलका महिला सदस्यलाई पहिले नै रिहा गरिएको थियो।

पोर्चुगलले इरानको यो कदमको स्वागत गर्दै बाँकी १७ चालक दलका सदस्यलाई पनि रिहाइको माग गरेको छ।

पोर्चुगलले १६ अप्रिलमा इरानका राजदूतलाई बोलाएर जहाज र चालक दलका सदस्यलाई रिहा गर्न माग गरेका थिए। इरानले २७ अप्रिलमा चालक दलका सदस्य रिहा गर्नेबारेमा विचार गरिरहेको बताएको थियो।

दुई देशका विदेशमन्त्रीबीच १० दिनअघि टेलिफोनमा वार्ता भएको थियो।

इजरायलसँग जारी तनावका बीच इरानले पोर्चुगलको झण्डा भएको जहाज कब्जा गरेको हो। जहाजका मालिकसँग इजरायली सम्बन्ध भएको इरानको आरोप छ।

इरानी सेनाले इजरायलविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरिरहेको बेला यो घटना भएको थियो।

सिरियाको दमाशकसमा भएको इरानी कुटनीतिक भवनमा इजरायली सेनाले गरेको आक्रमणमा सात इरानी सेना मारिएपछि इरानले इजरायलविरुद्ध आक्रमण गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर