नेभिगेसन मेनु

ईरानमाथि प्रतिबन्ध लगाउन इजराइलले ३२ मुलुकलाई लेख्यो पत्र
सम्पादक:南亚网络电视
समय:2024-04-17 12:10

1713324080_kartz-1200x560

इजराइलले ईरानमाथि प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। बीबीसीका अनुसार इजराइलका विदेश मन्त्री इजराइल कार्ट्जले विश्वका ३२ मुलुकलाई पत्र लेख्दै ईरानमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका हुन्।

साथै ईरानको मिसाइल योजनामाथि पनि उनले प्रतिबन्ध लगाउन भनेका छन्। साथै उनले ईरानको रिभोल्यूशनरी गार्ड कर्प्सलाई आतङ्कवादी सङ्गठन घोषण गर्न पनि माग गरेका छन्।

ईरानको मिसाइल कार्यक्रममाथि संयुक्त राष्ट्र सङ्घले लगाएको प्रतिबन्ध गत अक्टुबरबाट हटाइएको छ। ईरानमाथिको मिसाइल प्रतिबन्ध हटाइएपछि उसले आक्रमणमा मिसाइल आक्रमण गर्न सक्ने जोखिम थप बढेको र इजराइलले पनि उसको परमाणु केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएकाले विश्व समुदायको ध्यान यतिबेला मध्यपूर्वमा परेको छ।

ईरानले आइतवार इजराइलमाथि गरेको आक्रमण पछि इजराइलले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ भने ईरानले पनि इजराइलको जवाफी कारबाहीको जवाफ दिन तयार रहेको बताइसकेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर