नेभिगेसन मेनु

मुहान सुकेपछि पानी अभाव
सम्पादक:南亚网络电视
समय:2024-05-08 12:16

sukna-thale-panika-muhan

वैशाख २६ गते । भूकम्पपछिका वर्षमा जाजरकोटमा खानेपानीको समस्या हुन थालेको छ । यहाँको भेरी र नलगाड नगरपालिका तथा कुसे, बारेकोट गाउँपालिकाका विभिन्न बस्तीका पानीको मुहान सुकेपछि यहाँका बस्तीमा खानेपानीको समस्या हुन थालेको हो । 

गत कात्तिक १७ गते गएको भूकम्पले धर्ती हलचल भएपछि धेरै जसो मुहान सुकेका छन् । मुहान सुकेपछि खानेपानी समस्या बढ्दै गएको छ । बस्ती नजिकका मुहान सुकेपछि यहाँका बासिन्दा घण्टौँ टाढाबाट पानी बोकेर खान बाध्य भएका छन् । 

भूकम्पका कारण नलगाड नगरपालिका–४, बाहुसे खोलास्थित जुम्ली गारे खानेपानीको मुहान भासिएपछि नजिकका बस्तीमा पानीको अभाव भइरहेको छ । मुहान सुकेपछि बिहानबेलुका पानी ल्याउन घण्टौँ टाढा हिँड्नुपर्ने अवस्था सिर्जना भएको नलगाड नगरपालिका–४ का दलबहादुर खत्रीले बताउनुभयो । 

नलगाड नगरपालिका–४, चच्चुलाइन मुहान, पाल्ता पानी मुहान भूकम्पका कारण जमिन फाटेर सुकेपछि कोटीगाउँका ४५ घरपरिवार, भातचिउराका ३५ घरपरिवार, डिम्रापानी मुहानको पानी प्रयोग गर्ने १४ घरपरिवारले अचेल पानीको सङ्कट भोग्नु परिरहेको नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तले जनाउनुभयो ।

भूकम्पको पीडा भोग्दै आएका यहाँका बासिन्दाले दैनिक खानेपानीको चिन्ताले पनि सताउने गरेको नलगाड नगरपालिका–५ का प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पञ्चासे खानेपानी, लेइखोरे खानेपानी, पुरानागाउँ खानेपानी मुहानमा पानी आउन छाडेपछि तीन वटा मुहानबाट पानी प्रयोग गर्ने गरेका १४० घरपरिवारले नाउला (कुवा) को पानी खान बाध्य भएका छन् । सो नाउलाबाट यसअघि पशुचौपायाले पानी खाने गरेका थिए । 

नलगाड नगरपालिकाको वडा नं. १ देखि ७ का बासिन्दाले खानेपानीको समस्या भोग्नु परेको उहाँले जनाउनुभयो । पछिल्ला दिनमा वन डढेलोले खानेपानीका पाइपसमेत जल्दा यहाँका बासिन्दाले पानीको चरम सङ्कट भोग्नु परेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर