नेभिगेसन मेनु

हाम्रोतर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैनः उपमहासचिव खतिवडा
सम्पादक:南亚网络电视
समय:2024-03-24 12:35

Jagannath-Khatiwada

चैत ११ गते । नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर्णायक नभई सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने बताउनुभएको छ ।

आज महोत्तरीको बर्दिबासमा समाजवादी पे्रस सङ्गठन नेपाल, महोत्तरीको प्रथम जिल्ला अधिवेशनमा उद्घाटन मन्तव्य दिनुहुँदै खतिवडाले  मुख्य भनिने ठूला दलका कारण सरकार स्थायी नभएको धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “जनताले सरकार स्थायी भएन भनेर चित्त दुखाउने ठाउँ छैन, जनादेश नै त्यस्तै छ ।” उहाँले संसद्भित्र हुने गणितको खेलले सरकार स्थिर हुन नसकेको बताउनुभयो । खतिवडाले पत्रकारलाई निर्भिक भएर भ्रष्टाचारविरुद्ध, सुशासन प्रवर्द्धनका पक्षमा कलम चलाउन अपिल गर्नुभयो । 

समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन, मधेस अध्यक्ष प्रवीण साहसहितले आपूmहरू सङ्गठन विस्तारको अभियानमा लागेको उल्लेख गर्नुभयो । 

सङ्गठनका जिल्ला अध्यक्ष शर्मिला घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बराल र नेकपा ९एमाले० नेता शङ्कर महतोसहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर