नेभिगेसन मेनु

चुरे संरक्षणमा बढ्यो सक्रियता
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-29 12:30

Untitled-1 (3)

फागुन १७गते । डिभिजन वन कार्यालय लहानले चुरे क्षेत्रको संरक्षणका लागि निरन्तर सक्रियता बढाउँदै गएको छ । यसभन्दाअघि खासै चर्चामा नरहेको सो कार्यालयले केही महिनायता वन क्षेत्रबाट चोरी निकासी गर्ने काठ र खोलानालाबाट अवैध रूपमा बालुवा गिटी निकासी गर्नेलाई कानुनी दायरामा ल्याउन सव्रिmयता बढाएको हो । 

कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार फागुनमा मात्रै कर्जन्हा नगरपालिका बडहारामाल नमुना सामुदायिक वन क्षेत्रबाट आगलागी नियन्त्रण, एक ट्याक्टर काँचो लाथ्रा काट्ने हतियार जफत, गोलबजार नगरपालिका–१० बस्ने नैनकुमार मुखियालाई अवैध सालको चिरान काठ ओसारपसार गरेको आरोपमा जिल्ला अदालत सिरहामा मुद्दा दायर, मुखियासहित चार जनाले साइकलबाट काठ ओसारपसार गर्दा वन ऐन २०७६ को दफा ४ र ६ बमोजिम कसुर गरिएको हुँदा सोही ऐनको दफा ५० बमोजिम सजायको माग गरिएको छ । मुखियासहित तीन जनाबाट ९.३४ घनमिटर साल चिरान बरामद गरिएको छ । 

फागुन १४ गते सबडिभिजन वन कार्यालय चोहर्वाको गस्ती टोलीले गोलबजार नगरपालिका–९, मुक्सार चुरे क्षेत्रबाट विभिन्न प्रजातिको काँचो दाउरा नियन्त्रणमा लिएको, फागुन ८ गते सबडिभिजन कार्यालय धनगढीको गस्ती टोलीले चुरे क्षेत्रबाट आठ बोरा चार सय किलोग्राम खोटे सालको जरा धुपमा प्रयोग गर्ने सरर बरामद, फागुन ६ गते गोलबजार चोहर्वा गस्ती टोलीद्वारा उदयपुरको नजिक चुरे वन क्षेत्रबाट ल्याएको सखुवा प्रजातिको १२ थान चिरानी फन्टा र पाँच थान साइकल बरामद गरेको छ । यस्तै लहान नगरपालिका–१५, चुरे वन क्षेत्रमा पर्ने खुटी खोलामा अवैध रूपमा ढुङ्गा, गिटी, बालुवा उत्खनन गरेको आरोपमा पक्राउ परेका सिरहा जिल्ला कर्जन्हा नगरपालिका वडा नं. २ बस्ने एक्साभेटर अपरेटर बिन्देश्वरकुमार महतो, सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने अजयकुमार चौधरी, चिनियाँ रेलवे इन्जिनियरिङ समूह २ का काठमाडौँको लहानस्थित साइट इन्जिनियर हुँ जियाङ तथा फरार काठमाडौँ परियोजना इन्चार्ज झ्याङ्ग बाओझोङ्ग र लहान नगरपालिकाका इन्जिनियर एकमणि सिपलियालाई वातावरण संरक्षण ऐन २०७६ को दफा ३ ख वन नियमावली २०७९ को नियम ३० (५) अनुसार जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

सिरहास्थित सबडिभिजन कार्यालय अन्तर्गत वन रक्षक, वन प्राविधिक र कर्मचारीहरूलाई चुरे संरक्षण गर्नका लागि उच्च मनोबल बनाएर सव्रिmय गराएपछि दिनहुँ सफलता हात लाग्दै गइरहेको छ । चुरे क्षेत्रको वन विनाश रोक्न र अवैध गिटी, बालुवा, ढुङ्गा निकासी रोक्न कारबाही गर्दा राजनीतिक दलका नेता, जनप्रतिनिधिहरूबाट समस्या भए पनि उपलब्ध वन ऐनमा टेकेर कारबाही गर्दै गएपछि सुरुमा असहयोग गर्नेहरू अहिले राम्रो काम गरेको भन्दै प्रशंसा गरिरहेको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले बताउनुभयो । 

जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महत भन्नुहुन्छ, “डिभिजन वन कार्यालय लहानले जसरी केही महिनायता काम र कारबाहीअगाडि बढाएको छ, यही गतिमा विगतका कार्यालय प्रमुखहरूले काम कारबाही गरेको भए सिरहाको चुरे विनाश हुने थिएन ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर