नेभिगेसन मेनु

मधेश प्रदेशमा नयाँ गठबन्धनलाई स्पष्ट बहुमत
सम्पादक:南亚网络电视
समय:2024-03-11 12:26

CM-Office-(1)-(1)-(2).jpg-1.jpg-ff

मधेश प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई सरकार बनाउन स्पष्ट बहुमत पुगेको छ । सङ्घमा बनेको नयाँ सत्ता गठबन्धनअनुसार मधेश प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन वा नयाँ नेतृत्वको सरकार बनाउन जोखिम टरेको छ । नयाँ सत्ता गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन जनाएपछि मधेश प्रदेशमा स्पष्ट बहुमत पुगेको हो । 

सङ्घमा नयाँ सत्ता गठबन्धन बनेपछि मधेश प्रदेशमा पनि नयाँ सरकार वा मन्त्रिपरिषद पुनर्गठनबारे आन्तरिक पहल चलिरहेको छ । अहिलेको मन्त्रिपरिषदमा हेरफेर गरेर अहिलेकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने दाउमा जनता समाजवादी पार्टी नेपालको रणनीति रहेको एक स्रोतले बताएको छ । त्यस्तै, गठबन्धनका सहयात्री नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले आ–आफ्नो दलको नेतृत्वमा सरकार बन्नुपर्छ भने पहल गरिरहेका छन् ।  

सङ्घीय सरकारको मन्त्रिपरिषद्मा सहभागी जनाउन जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेश सरकारको नेतृत्व जसपाले पाउने निश्चित हुनुपर्ने माग अघि सारेको थियो । उक्त माग पूरा भएपछि मात्र मन्त्रिपरिषदमा जसपा सहभागी भएको एकथरीको बुझाइ रहेको छ । जसपाको यो मागको सुनिश्चिता गरेको वा नगरेको कुरा हालसम्म सार्वजनिक नभएको कारण के हुने हो, अन्योल कायमै रहेको छ ।  

राजनीतिककर्मीहरुबिच चौकचौराहा, पान पसल, चिया पसललगायतका स्थानमा मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तन पनि हुन सक्ने चर्चा व्यापक छ । तर, नेतृत्व कुन दलको हुने नहुने कुरा कसैले भन्न सकिरहेको छैन ।

सङ्घीय सरकारमा पाँच दलको गठबन्धन बन्दा मधेश प्रदेशमा नयाँ गठबन्धनका चार दलको मात्र उपस्थिति छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । सङ्घमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)को सत्ता गठबन्धन बनेको छ ।

नेतृत्व परिवर्तन नभएमा मधेश प्रदेशमा नयाँ गठबन्धनमध्येका जनता समाजवादी पार्टी (जसपा) का मुख्यमन्त्री सरोजकुमार यादवलाई बहुमत पुग्छ । मधेश सभामा १०७ जना प्रदेश सभा सदस्य छन । मधेशमा एमालेका सभामुखसहित २३, नेपाली कांग्रेसका २२, जसपाको १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका नौ÷नौ, नेकपा (एकीकृत समाजवादी) सात र स्वतन्त्र तीन सांसद रहेको प्रदेश सभा सचिवालयले जनाएको छ  । 

यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक÷एक सांसद छन् । स्वतन्त्रमध्येका एक साँसद अनिरुद्धप्रसाद सिंह जसपामा प्रवेश गरिसक्नु भएको छ । तर प्रदेश सभा सचिवालयलाई सोको जानकारी नगराएकोले स्वतन्त्रकै सूचीमा राखिएको छ । यो समेत जोड्दा जसपाको जम्मा १९ साँसद पुग्छ । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले २३, जसपा १९, माओवादी केन्द्रको नौ, नेकपा(एस)को सात गरी ५८ सांसद पुग्छ । यसले सरकार बनाउन कुनै जोखिम रहेको छैन । 

यता नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व एमालेले पाउनु पर्ने हाम्रो दाबी रहेको बताउनुभयो । मधेशमा सबभन्दा ठूलो दल एमाले भएको र जसपाले नेतृत्व गरिसकेको हुँदा अब एमालेले नै नेतृत्व पाउनु पर्छ, उहाँले भन्नुभयो । 

मधेश प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने वा अहिलेकै नेतृत्वलाई निरन्तरता दिने विषयमा आजसम्म कुनै सहमति भएको छैन, उहाँले भन्नुभयो, सङ्घीय सरकारले विश्वासको मत लिइसकेपछि मात्रै यहाँ केही हुने हो । नेतृत्वको निर्णय भने सङ्घीय गठबन्धनले नै गर्ने हो, उहाँले थप्नुभयो । 

त्यस्तै, नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जसपाले नेतृत्व गरिसकेकोेले अब अन्य दलले अवसर पाउनुपर्ने बताउनुभयो । कसले पहिले नेतृत्व गर्ने वा यथावत रहने विषयमा केन्द्रले नै निर्णय गर्ने र सो निर्णय अनुसार नै हुने उहाँको कथन थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर