नेभिगेसन मेनु

तलब नपाएको भन्दै परीक्षा गर्न अस्वीकार
सम्पादक:南亚网络电视
समय:2024-03-15 14:13

ण

रौतहट, चैत १ गते । चालु आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि सोको विरोधमा रौतहटको फतुवाविजयपुर नगरपालिकाका शिक्षक–कर्मचारीले विद्यार्थीको वार्षिक परीक्षा लिन अस्वीकार गरेका छन् । 

होली पर्व नजिकिँदा समेत तलब वितरण हुने छाँटकाँट नदेखिएका कारण जनाउँदै पालिकाका शिक्षक–कर्मचारीले नगरको शिक्षा तालिकाबमोजिम बिहीबारदेखि सञ्चालन हुने वार्षिक परीक्षा लिन अस्वीकार गरी आन्दोलनमा उत्रिएको बताएका छन् । 

जनप्रतिनिधिबिचको आन्तरिक द्वन्द्वका कारण हालसम्म नगर सभा नहुँदा ८ महिनादेखि रोकिएको तलबको माग गर्दै पालिका शिक्षक–कर्मचारीले बाध्य भई आन्दोलनस्वरुप वार्षिक परीक्षा बहिष्कार गर्नुपरेको नगर शिक्षा संयोजक राधेश्याम यादवले बताउनुभयो । 

पालिकामा आधारभूत र माध्यमिक गरी ३२ वटा सामुदायिक विद्यालय छन् । जसमा कक्षा १ देखि नौसम्म करिब ६ हजार बालबालिका अध्ययनरत छन् । शिक्षकको आन्दोलनले ती विद्यार्थीको श्रेणीगत मूल्याङ्कन प्रभावित बनेको छ । नगरका कार्यवाहक मेयर अम्बेया खातुन र नेपाल शिक्षक सङ्घ रौतहटका अध्यक्ष रामकृपाल यादवले विद्यार्थीको भविष्यका लागि पनि वार्षिक परीक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो ।  

तलबको माग गर्दै कैयौँ पटक विभिन्न आन्दोलन हुँदैआएको छ । तर पनि कुनै सुनुवाइ नहुँदा सङ्घारमा रहेको मधेशको प्रमुख चाड होलीमा समेत तलब नपाउने सम्भावना देखेर नगरका सम्पूर्ण शिक्षकको सर्वसहमतिमा परीक्षा बहिष्कार गर्ने निर्णय भएको शिक्षा संयोजक यादवले बताउनुभयो । 

यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले यही महिनाको ४ गते नगर क्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब उहाँहरूकै खातामा जाने बताउनुभयो ।  खातामा तलब जम्मा भएको जानकारी हुनासाथ परीक्षा सञ्चालन गरिने नगरका शिक्षकको प्रतिबद्धता छ । 

नगरपालिकामा नेपाली कांग्रेस पार्टीका प्रमुख, उपप्रमुख सात जना वडा अध्यक्ष र आठ जना, मनोनीत गरी १७ जना र अन्य दलका ४ जना वडा अध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतगरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् । तत्कालीन पालिका प्रमुख गोपालराय यादव निलम्बित भएसँगै कार्यवाहक प्रमुख अमवेय खातुन र अन्य जनप्रतिनिधिबिच विवाद उत्पन्न भएकै कारण नगर सभा हुन नसकेपछि शिक्षक–कर्मचारीले तलब पाउन नसकेको बताइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर