नेभिगेसन मेनु

प्रजातान्त्रिक शक्ति एक हुनुपर्छ : सहमहामन्त्री यादव
सम्पादक:南亚网络电视
समय:2024-03-14 12:45

3-(21)

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपालमा प्रजातान्त्रिक शक्तिविचमा एकता आवश्यक भएको बताउनुभएको छ । 

धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा निर्माण गरिएको सहिद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठान भवनको बुधबार उद्घाटनपछि आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै प्रजातान्त्रिक शक्ति एक नभए प्रजातन्त्र नै खतरामा पर्न सक्ने उहाँको भनाइ छ । 

संविधान रक्षाका लागि दुई ठुला दलले सरकार निर्माण गर्नुपर्ने जनताको इच्छा रहेको भन्दै प्रचण्ड नेतृत्वको वर्तमान सरकार ६ महिनाभन्दा बढी नचल्ने उहाँको भनाइ छ । 

काँग्रेस मधेश प्रदेशका अध्यक्ष एवम मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले प्रजातन्त्रको स्थापना काँग्रेसले गरेको भन्दै यसको संरक्षण पनि काँग्रेसले नै गर्ने बताउनुभयो । उहाँले जसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) को कारण गठबन्धन टुटेको आरोप लगाउनुभयो ।

काँग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम प्रतिष्ठानका उपाध्यक्ष कुमरकान्त झाको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य मिनाक्षी झा, पूर्वमन्त्री रामसरोज यादव, प्रदेशसभा सदस्य शेषनारायण यादव, लक्ष्मिनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रसहितले धारणा राख्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर