रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुनः रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले झण्डै ८८ प्रतिशत मत ल्याएको बताइएको छ ।
शुक्रबारदेखि तीन दिनसम्म भएको मतदानको परिणाम घोषणापछि पुटिनले ६ वर्षे कार्यकाल शुरु गर्न लागेका हुन् । पुटिनले ल्याएको मत रुसको इतिहासमा हालसम्मकै सबैभन्दा धेरै हो ।
पुटिनले युक्रेनमा रुसी सेना पठाउने आफ्नो निर्णय सही भएको दाबी गरेका छन् । अमेरिकालगायत पश्चिमा मुलुकले रुसी मतदान स्वतन्त्र र निष्पक्ष नभएको आरोप लगाएका छन् ।