नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको पाहुना टोली लुम्बिनी गएको छ । मेजर जनरल चाङ पाओछुन नेतृत्वको छ सदस्यीय टोली सेनाको स्काई ट्रक एनए ०६४ मा बिहान काठमाडौंबाट त्यता गएको हो ।
चिनियाँ सेनाको अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी) उपप्रमुखको जिम्मेवारीमा रहेका चाङ नेतृत्वको टोली कतारको राजधानी दोहा हुँदै अस्ति काठमाडौं आएको थियो । टोलीमा वरिष्ठ कर्नेलहरु छन पेइलिङ,सङ लिसिङ, लि यिङफङ,वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ छन् ।
क्याप्टेन मेजर जे एम मूलगुठी र मेजर वाई एम बस्नेतलगायतले उडाएको उक्त विमान अपरान्ह भैरहवाबाट पोखरा जाने कार्यक्रम छ । पाहुना टोली पनि आज पोखरामा बस्ने छ ।
भ्रमण तालिकाअनुसार टोली भोलि राति सिंगापुर हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।