नेभिगेसन मेनु

चोरी रोक्न सामुदायिक गस्ती
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-18 12:42

gg

माघ ४ गते । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ का बासिन्दाहरू चोरी र डकैती रोक्न अत्यधिक चिसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् । वडा नं. ८ सहसरामका पूर्ववडाध्यक्ष राधेश्याम तिवारीले चोरी, डकैतीका घटनाहरू बढ्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य रहेको बताउनुभयो । उहाँले चिसो मौसममा शीत तपतप चुहिरहेको भए पनि आफूहरू हातमा लट्ठी लिएर रातभरि घुम्दै फिर्दै ‘जगले रहब’ जागै बसौँ भन्दै टोल टोल घुम्न बाध्य रहेको बताउनुभयो । उहाँले यो कार्यमा कट्टीकटैया प्रहरी चौकीका प्रहरीले समेत साथ दिइरहेको बताउँदै उहाँले दुई हप्तादेखि निरन्तर रूपमा जाग्राम बस्न थालेपछि वडामा चोरी डकैतीको घटना रोकिएको बताउनुभयो ।

दुई हप्ताअगाडि मात्रै रामचन्द्र तिवारीसहित तीन घरबाट डाँका समूहले लाखौँको लुटपाट गरेको तथा केही घरमा चोरीसमेत हुन थालेपछि चोरी रोक्न जाग्राम बस्नुपरेको पूर्ववडाध्यक्ष तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको सुरक्षार्थ हरेक टोलका युवा आआफ्नो समूह बनाएर प्रहरीको समेत संलग्नतामा रातभरि गस्ती गर्ने गरेका छौँ, त्यसैले अहिले वडामा चोरी डकैतीका घटना रोकिएको छ ।’’ गस्तीका कारण सो वडामा चोरी डकैती रोकिएपछि अन्य वडामा चोरीका घटना बढ्न थालेका छन् । हालै मात्र वडा नं. ७ झिङ्गाथान पछबारी टोलबाट लाखौँको धनमाल लुटपाट भएको छ । पुस २६ गते मध्यरात घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरे । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर आठ/नौ तोला सुनचाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाख रुपियाँभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।

महोत्तरीमा कात्तिकयता चार वटा डकैतीका घटना भइसकेका छन् भने चोरीको घटना दर्जनौँभन्दा बढी छन् । प्रहरीले डकैतीको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई गोली प्रहार गरेर पव्रmाउ गर्न सफल भएको जनाएको छ ।

कात्तिक २० गते सोमबार जिल्लाको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हतियारसहितको समूहले लुटपाट गरेको थियो । मूल ढोका फुटाएर करिब छ÷सात जनाको समूहमा घरभित्र छिरेका लुटेराहरूले ४० तोला सुनका गहना, ४५ तोला चाँदीको गहना, मोबाइल र नगद एक लाख ७५ हजार रुपियाँ चोरी गरेको थियो । 

डाका समूहको कुटपिटबाट घरधनी ७५ वर्षीय भुवनेश्वर चौधरी, उनकी श्रीमती ७० वर्षीय शैलदेवी चौधरी, भुवनेश्वरका छोरा ५३ वर्षीय जयकिशोर चौधरी र जयकिशोरकी श्रीमती ५० वर्षीय खिमा चौधरी घाइते भएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर