नेभिगेसन मेनु

राइफलसहित दुई युवा पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-11-28 16:35

IMG-20231127-WA0003

मङ्सिर १२ गते । सशस्त्र सीमा सुरक्षा गण–६ सप्तरीले एक बन्दुक र ५ राउन्ड राइफलको गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारीका १९ वर्षका धर्मजित कुमार यादव र सप्तरीको खडक नगरपालिका-११ बनौलीका १८ वर्षका हरिशंकर यादव रहेका छन् ।

जिल्लाको खडक नगरपालिका वडा नं.११ बनौलीस्थित हुलाकी सडक खण्डबाट विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

धर्मजितको साथबाट ५ राउण्ड राइफलको (३०३) गोली फेला परेको र निजको साथमा रहेको हरिशंकरलाई पनि नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

दुवैजनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजाना सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर