नेभिगेसन मेनु

महोत्तरीमा डेंगुको लार्भा खोजी र नष्ट अभियान सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-30 16:47

manrasiswa

कात्तिक १३ गते । महोत्तरीको मनरासिस्वा नगरपालिकामा डेंगु रोगीहरुको सङ्ख्या बढ्दै गएपछि ‘लार्भा खोजी र नष्ट’ अभियान सुरु गरिएको छ ।

डेंगु रोगको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि बजारसहित गाउँबस्तीमा लार्भा खोज्ने तथा औषधि छर्किने काम भइरहेको मनरासिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयले जानकारी दिनुभयो ।

बजार तथा बस्तीक्षेत्रमा पानी राख्ने भाडा, ट्याङ्की, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाइ रहे नरहेको हेरी खोजतलास गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।

मनरासिस्वा नगरपालिका– १ चौरिया भन्ने बस्तीमा चार दर्जनभन्दा बढी जनामा डेंगु देखिएको बताउनुहुँदै उहाँले वस्तीमा सरसफाइ गर्नुका साथै बालबालिकालाई नियमित खोप सञ्चालन गरिएको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बस्तीमा बिरामीहरु बढ्दै गएको जानकारी आएपछि ल्याबसहितको मेडिकल टिम नै बस्तीमा पठाएर चेकजाँच सुरु गरिएको छ । अवस्था अहिले सामान्य छ ।’’

उहाँले मनरासिस्वा–१ र ५ सानो कट्टी बस्तीमा ४७ जनामा डेंगु सङ्क्रमण देखिएको बताउनुहुँदै स्वास्थ्य कार्यालय महोत्तरीको सहयोगमा डेंगु नियन्त्रणका लागि औषधी छर्किने काम भइरहेको जानकारी दिनुभयो ।

बस्ती तथा बजार क्षेत्रमा पानी राख्ने भाँडा र ट्याङ्कीको नियमित रुपमा सफा गर्ने, फोहोर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने जस्ता जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

वडा नम्बर १ चौरियामा करिब ३५० घरधुरीमा बायो डर्ट स्प्रेइङ साथै शङ्कास्पद बिरामीलाई निःशुल्क रुपमा डेंगु परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख सुनीता गुप्ताले जिल्लाको मनरासिस्वा नगरपालिकामा अहिले बढी डेंगु देखिएका कारण लार्भा खोज तथा नष्ट अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँले ५५ जना बिरामीमध्ये तीन जनालाई बाहिर रेफर गरिएको र अन्यको उपचार स्थानीय तहमै भइरहेको बताउनुभयो ।

उहाँले डेंगु सरुवा रोग नभए पनि लामखुट्टेको टोकाइबाट सर्ने भएकाले बिरामीले सधैँ झुलको प्रयोग गर्नुपर्नेमा जोड दिनुहुँदै एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर