नेभिगेसन मेनु

धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-18 12:37

aaglagi_l76rjsTc2Z

कैलालीको धनगढी बजारमा भीषण आगलागी भएको छ । धनगढीको मुख्य बजार रहेको सारथि अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायत ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुल्दीप चन्दले जानकारी दिए । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत सर्ट भएर आगलागी भएको उनले बताए । धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा कुनै मानवीय क्षति भने नभएको उनले बताए । 

यी हुन् आगलागीबाट क्षति भएका पसल

१.दल ब.भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल  गोदाम) 

२.टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप(बेवी सपको गोदाम)

३.बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर(ब्याग हाउस) 

४.जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर(कपडाको गोदाम)

५.यसोदा साउदले संचालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम)

६.गौरी भण्डारीले संचालन गरेको भण्डारी सु –सेन्टर(जुत्ता चप्पलको गोदाम) 

७.सारथी अस्पताल कैलाली 

८.जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स(व्याग हाउस)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर