नेभिगेसन मेनु

एकताबद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौँ : प्रधानमन्त्री
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-17 17:35

PM_tanahun2023-11-17-01-17-02

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्। 

तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्न रूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।  

प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ। एकथरी तत्व कुनै न कुनै रूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन्। प्रतिगमनका निम्ति मलजल गरिरहेका छन्।’

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे। 

उनले भने, ‘नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ।’ 

सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो। पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रूपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘गण्डकी प्रदेशमा यो अभियान ठीक ढंगले अगाडि बढेको छ। अभियानलाई एक महिना विस्तार गरिएको छ।’

प्रधानमन्त्री प्रचण्डले पार्टी पुनर्निर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियान जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियान मात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर