नेभिगेसन मेनु

गोरु काटेको आरोपमा तीन पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-17 17:17

arrest

मङ्सिर १ गते । कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो ।  

काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जङ्गलमा रहेको चदारे खानेपानी ट्याङ्कीनजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–८ बस्ने अन्दाजी वर्ष २२ का हिक्मत वि.क, वडा ९ बस्ने वर्ष ४० का मिम भन्ने मिनी दर्जी सोही वडा बस्ने वर्ष २४ का लोकेश परियारलाई २६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जङ्गलमा गोरु काटेको सूचना वडा ८ का वडाध्यक्ष लालबहादुर विष्टले दिएपछि प्रहरीले गोरुको टाउकोसहित उनीहरूलाई पक्राउ गरेको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाले सहरको सिकाइ गाउँमा हुन थालेको बताउनुभयो । 

पछिल्लो समय सहरको नकारात्मक सन्देश गाउँमा पुग्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो । गोरु काट्नेलाई पशुपन्छी कसुर अन्तर्गतको कसुरमा मुद्दा चलाएको बताइएको छ । अपराध संहिता २०७४ को फौजदारी कसुर ऐनको परिच्छेद २७ मा पशुसम्बन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर