नेभिगेसन मेनु

तिहारमा ८० प्रतिशत स्थानीय माला प्रयोग, विदेशी माला आयतमा कमी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-08 12:35

ful-mala

कात्तिक २२ गते । यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालमा मागको ८० प्रतिशत फूल भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ । 

तिहारलाई फूलैफूलको चाडको रूपमा लिने भएकाले पनि यस पर्वमा फूलको महत्त्व रहेको छ । यस वर्ष अन्य वर्षको तुलनामा माला आयतमा कमी आएको छ । स्थानीय उत्पादनले धान्न थालेपछि आयतमा कमी आएको हो । 

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार तिहार नजिकिएसँगै फूल टिप्न र फूलका माला उन्न किसानहरू लागिसकेका छन् । नेपाल विशेष गरी सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा लगभग आत्मनिर्भर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तिहार आउन अब दुई हप्ता मात्र बाँकी रहँदा किसानहरू फूल टिप्न र माला उन्न व्यस्त छन् । यस पटकको तिहारमा करिब ४० लाख मालाको खपत हुने अनुमान रहेको छ ।” उहाँका अनुसार तिहारमा ३५ लाख सयपत्री, चार लाख ५० हजार थान मखमली, २० हजार थान गोदावरी र ३० हजार थान मिक्स माला खपत हुने अनुमान छ । 

गत वर्षको भन्दा यस बर्ष मालाको खपत केही बढी हुने अनुमान रहेको उहाँले बताउनुभयो ।  यस वर्ष तिहार पछाडि परेकाले फूलहरू चाँडै फुल्दा तिहारका लागि २० प्रतिशत फूलहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस बर्षको तिहार पछाडि परेकाले फूलहरू चाँडै नै फुलेकाले तिहारसम्म रहेनन् । त्यसैले २० प्रतिशत हाराहारीमा फूलहरू बाहिरबाट ल्याउनुपर्ने अवस्था छ ।” 

यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ । यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने अध्यक्ष तामाङको भनाइ छ । यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने एसोसिएसनको अनुमान छ । उहाँले भन्नुभयो,“किसानबाट फूल किनेर बिक्री गर्ने व्यवसायीहरूको ५० लाख माथिको कारोबारमा भ्याट लाग्ने भएकाले गत वर्षको तुलनामा माला केही महँगो पर्ने भएको छ ।”  अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि सरकारले प्लास्टिकका माला बेच्न प्रतिबन्ध लगाएको छ । जसका कारण नेपालमा उत्पादित भएको फूलको खपत पूर्ण रुपमा हुने उहाँको विश्वास छ । 

अपुग २० प्रतिशत फूलहरू भारतबाट आयात गर्नुपर्ने उहाँको भनाइ छ । अहिले पुष्प विकास केन्द्रले बाहिरबाट फूलको आयात प्रतिबन्ध लगाएको छ । तर, व्यवसायिहरुले पहिले नै आयातको स्वीकृति लिएर बसेका कारण फूलको अभाव नहुने उहाँको भनाइ छ । 

निर्यात समेत हुन्छ मखमली 

तिहारको समयमा नेपालबाट मखमली बाहिरी देशमा निर्यात समेत हुने गरेको अध्यक्ष तामाङको भनाइ छ । 

उहाँका अनुसार तिहारमा डेढ लाख थान मखमली माला बाहिरी देशमा निर्यात हुने गरेको छ । विदेशमा रहेका नेपालीहरूले तिहारमा मखमलीका मालाहरू लगाउन खोज्ने भएकाले सो मात्रामा विदेशमा निर्यात हुने उहाँको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर