नेभिगेसन मेनु

सवारी दुर्घटना न्यूनीकरण गर्न सचेत गराउँदै प्रहरी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-13 15:33

zaxcfgbnasd

असोज २६ गते । चाडबाडको समयमा मधेस प्रदेशमा सवारी दुर्घटना अधिक हुने भन्दै सोको न्यूनीकरण गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले रौतहटको चन्द्रनिगाहपुरबाट चेतनामूलक कार्यक्रम सुरु गरेको छ । 

पथलैया ट्राफिक प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराइले यात्रु तथा सवारी चालकलाई चेतनामूलक विभिन्न स्टिकर तथा पर्चा वितरण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । 

कार्यक्रममा चाडबाडको समयमा हुने सवारी दुर्घटना, तीव्र गतिमा चलाइने सवारी तथा सवारी चलाउँदा प्रयोग गरिने मोबाइलबाट हुने जोखिमको बारेमा चेतना अभिवृद्धि गराउन विभिन्न पर्चा तथा स्टिकर वितरण गरिएको थियो । 

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा राखिएको यात्रु सहायता कक्षबाट सुरुवात गरिएको चेतनामूलक कार्यक्रम मधेस प्रदेशको आठ वटै जिल्लामा गरिने  प्रहरी उपरीक्षक भट्टराइले जानकारी दिनुभयो । 

यसैबिच जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले  छतमा यात्रु राख्ने सवारी र तोकिएको भन्दा बढी सवारी भाडा असुल गर्ने सवारी वा सवारी काउण्टरलाई कारबाही गरिने बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर