नेभिगेसन मेनु

प्रसूति सेवा लिन अन्यत्र जानु पर्ने नगरवासीको बाध्यता
सम्पादक:南亚网络电视
समय:2023-09-30 18:58

ण

रौतहट, असोज १३ गते । रौतहटको सदरमुकाम गौर नगरपालिका–८ पुरेनवामा रहेको ‘बर्थिङ् सेन्टर’ सञ्चालनमा नआउँदा प्रसूति सेवा लिन अन्यत्र जानु पर्ने नगरवासीको बाध्यता छ ।

उद्घाटन भएको तीन महिना बितिसक्दा पनि सेन्टरबाट सेवा प्रवाह नुहुँदा प्रसूति सेवाका लागि अन्यत्र जानु पर्ने भएको हो ।

करिब ५६ लाख रुपियाँको लगानीमा गौर नगरपालिकाले निर्माण गरेको बर्थिङ् सेन्टरमा अहिले ताला लागेको छ । निर्माण सम्पन्न भई तामझामकासाथ उद्घाटन गरिएको चार कोठे उक्त भवन अहिले पशुचौपायाको विश्रामस्थल बनेको छ ।

बर्थिङ् सेन्टर बनेपछि स्थानीयस्तर मै सहज र सुलभरुपमा प्रसूति सेवा पाइने भइयो भनेर मक्ख पर्नु भएकी पुरेनवाकी अनिता साह हालसम्म पनि सेन्टरबाट सेवा प्रवाह नहुँदा निराश बन्नु भएको छ । उहाँ भन्नुहुन्छ, “बर्थिङ् सेन्टरले समयमा नै सेवा सञ्चालन गरेमा गर्भवती महिलाले सुत्केरी सेवा लिन निजी तथा सरकारी अस्पतालमा धाउनु पर्दैनथ्यो । कम खर्चमा नै आङ् हलुङ्गो हुनेथ्यो ।”

बर्थिङ् सेन्टर सञ्चालनको बारेमा वडा अध्यक्ष जनार्दन साह अनभिज्ञ हुनुहुन्छ । उहाँले आफ्नै वडामा निर्माण भएको आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गतको बर्थिङ् सेन्टरको निर्माण र सञ्चालनको बारेमा आफूलाई नगरपालिकाले कुनै जानकारी नदिएको बताउनुभयो ।

नगरपालिकाको योजना शाखा प्रमुख जितेन्द्र भारतीले हालसम्म बर्थिङ् सेन्टर सञ्चालनमा नआएको बताउनुहुँदै यसको सञ्चालनका लागि सम्बन्धित मन्त्रालयको स्वीकृति चाहिने प्रावधान रहेको हुँदा पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सञ्चालनको अनुमति पत्र प्राप्त हुनासाथ प्रसूति सेवा प्रवाह गरिने छ । जसका लागि स्वास्थ्यकर्मीको समेत व्यवस्थापन भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर