नेभिगेसन मेनु

हरित सहर बन्यो वीरगन्ज
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-09 14:09

Untitled-1-Recovered (1)

असोज २२ गते। वीरगन्जलाई हराभरा बनाउने उद्देश्यका साथ ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले अभियानका रूपमा वृक्षरोपण कार्यलाई अगाडि बढाएपछि मुख्य व्यावसायिक तथा वित्तीय केन्द्रका रूपमा स्थापित आदर्शनगर हरियाली सहरका रूपमा विकसित भएको छ । 

केन्द्रका अध्यक्ष प्रकाश खेतानले २०७३ सालमा स्थापना गर्नुभएको ग्रिनसिटीको एक्लो प्रयासले सात वर्षमा गरिएको वृक्षरोपण कार्यले मूर्त रूप लिएपछि वीरगन्ज सहरको मुख्य स्थान भनिएको आदर्शनगरलाई हराभरा बनाउन सफल भएको र यस अवधिमा ग्रिनसिटीले ट्री गार्डसहितको लगभग पाँच हजार बिरुवा रोपेको छ । ग्रिनसिटीले गरेको यस कामबाट प्रभावित भएर वीरगन्ज महानगरपालिका र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुरले सहकार्य गर्न सहयोगी हात अगाडि बढाएको तथा सबैको साथ र सहयोग भएमा वीरगन्जलाई हराभरा बनाउन सकिने उहाँको भनाइ छ ।

ग्रिनसिटीले आदर्शनगर, मुलुकको प्रमुख प्रवेशद्वार भनिएको शङ्कराचार्य प्रवेशद्वार, रेलवे रोड बिर्ता, गणेशमान चोक, सिर्सिया नदी किनारालगायतका ठाउँमा वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिरहेको छ । महानगरपालिकाले प्राविधिक, माली र दमकलबाट बिरुवामा पानी हल्ने काममा बेलाबखत सहयोग गरिरहेको छ । ग्रिनसिटीका सदस्य सर्फुदिन मियाँ महानगरको सरसफाइ शाखाका प्रमुखसमेत रहनुभएकाले सरसफाइ तथा स्वच्छता अभियानमा सहयोग भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर