नेभिगेसन मेनु

उखु घारीमा तस्करीका काठ
सम्पादक:南亚网络电视
समय:2023-09-24 16:59

ण

बर्दीबास, असोज ७ गते । गौशाला नगरपालिका–८ स्थित ढल्केबर लिक टोलस्थित उखु घारी र आँप बगैँचाबाट वन कर्मचारीले भारी मात्रामा चोरी तस्करीका काठ नियन्त्रणमा लिएका छन् । काठ बरामद भएका स्थान सागरनाथ वन विकास परियोजनाको जङ्गलनजिक पर्छ । 

सुराकीबाट प्राप्त सूचनाका आधारमा डिभिजन वन कार्यालयका अधिकृत कृष्णकान्त पटेल र माईस्थानस्थित सशस्त्र वन रक्षक जिल्ला कमान्डर अवतार लामाको कमान्डमा खटिएका १६ जना वन कर्मचारीको टोलीले शनिबार उक्त काठ बरामद गरेको हो । वन गस्तीले उखु घारीको बाहिरबाटै काठ चिरेको आवाज सुनेका थिए । आवाज आएतर्फ बढ्दै जाँदा उखु घारीको बिच भागमा रहेको आँप बगैंचामा हाते आराले काठ चिरान भएको दृश्य देखेपछि वनकर्मी नै चकित भएका थिए । 

त्यसअघि नै वन कर्मचारी आएको आभास पाएपछि काठ चिर्न छाडेर तस्कर उखु घारीभित्र बेपत्ता भएको गस्तीमा संलग्न कर्मचारीले जनाएका छन् । वन कर्मचारी हिँडेका कारण घारीभित्र उखुका बोट हल्लिएको र पात बजेको आवाज सुनेपछि उनीहरू भागेको वन गस्तीको अनुमान छ । सशस्त्र वन रक्षक कमान्डर लामाका अनुसार आँप बगैँचाबाट साखु जातको ५६ थान चिरान, काठ चिर्न प्रयोग गरिने एक थान हाते आरा र बन्चरो बरामद भएको छ । त्यस्तै उखु खेतमा सर्च गर्दा पनि साखु जातको नौ थान गोलिया फेला परेको थियो । चिरान र गोलियासमेत गरी ५० क्युफिट काठ बरामद भएको लामाले जनाउनुभयो । 

बरामद काठ टुटेश्वरस्थित सबडिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ । उक्त काठ सागरनाथ वन विकास परियोजनाका जङ्गलबाट चोरी तस्करी गरी उखु घारीभित्र पु र्‍याइएको अनुमान गरिएको छ । काठ बरामद भएको उखु खेत र आँप बगैँचा कसको हो ? पत्ता लगाउने काम भइरहेको गस्ती कमान्डर एवं वन अधिकृत पटेलले बताउनुभयो । उहाँका अनुसार उखु घारीनजिक रहेका बस्तीका मान्छेले तत्काल भन्न आनाकानी गरेकाले सुराकी प्रयोग गरी यसबारे जानकारी लिने र त्यस अनुरूप कारबाही अगाडि बढाइनेछ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर