नेभिगेसन मेनु

सञ्चालन भएन बर्थिङ सेन्टर
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-02 14:31

Untitled-1 (1)

रौतहट, असोज १५ गते । गौर नगरपालिका–८, पुरेनवामा रहेको ‘बर्थिङ सेन्टर’ सञ्चालनमा नआउँदा प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने नगरवासीको बाध्यता छ । 

उद्घाटन भएको तीन महिना बितिसक्दा पनि सेन्टरबाट सेवाप्रवाह नहुँदा प्रसूति सेवाका लागि अन्यत्र जानुपर्ने भएको हो । करिब ५६ लाख रुपियाँको लगानीमा गौर नगरपालिकाले निर्माण गरेको बर्थिङ सेन्टरमा अहिले ताला लागेको छ । निर्माण सम्पन्न भई तामझामका साथ उद्घाटन गरिएको चारकोठे उक्त भवन अहिले पशुचौपायाको विश्रामस्थल बनेको छ । 

बर्थिङ सेन्टर बनेपछि स्थानीयस्तरमै सहज र सुलभ रूपमा प्रसूति सेवा पाइने भइयो भनेर मक्ख पर्नुभएकी पुरेनवाकी अनिता साह हालसम्म पनि सेन्टरबाट सेवाप्रवाह नहुँदा निराश बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, “बर्थिङ सेन्टरले समयमा नै सेवा सञ्चालन गरेमा गर्भवती महिलाले सुत्केरी सेवा लिन निजी तथा सरकारी अस्पतालमा धाउनु पर्दैनथ्यो । कम खर्चमा नै आङ हलुङ्गो हुने थियो ।”

बर्थिङ सेन्टर सञ्चालनका बारेमा वडाध्यक्ष जनार्दन साह अनभिज्ञ हुनुहुन्छ । उहाँले आफ्नै वडामा निर्माण भएको आधारभूत स्वास्थ्य केन्द्र अन्तर्गतको बर्थिङ सेन्टरको निर्माण र सञ्चालनका बारेमा आफूलाई नगरपालिकाले कुनै जानकारी नदिएको बताउनुभयो । नगरपालिकाको योजना शाखा प्रमुख जितेन्द्र भारतीले हालसम्म बर्थिङ सेन्टर सञ्चालनमा नआएको बताउँँदै यसको सञ्चालनका लागि सम्बन्धित मन्त्रालयको स्वीकृति चाहिने प्रावधान रहेको हुँदा पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालनको अनुमतिपत्र प्राप्त हुनासाथ प्रसूति सेवाप्रवाह गरिने छ । जसका लागि स्वास्थ्यर्मीको समेत व्यवस्थापन भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर