नेभिगेसन मेनु

नारायणीमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन हुन्छ : मन्त्री बस्नेत
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-01 13:35

health-minister

वीरगञ्ज, असोज १३ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आउँदो तीन महिनाभित्रमा वीरगञ्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको १३१ औं स्थापना दिवसको अवसरमा आयोजित प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले विशेषज्ञसँग छलफल सकिएकाले आवश्यक प्रक्रिया पूरागरी तीन महिना भित्रमा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको हो । 

मन्त्रालयले मधेसको आठै जिल्लाका जनतालाई विशेषज्ञ सेवा दिने उद्देश्यसाथ मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने तयारी भएको पर्साको वीरगञ्जमा अवस्थित नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्री बस्नेतले स्पष्ट पार्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना महानगरले निर्माण गरिदिने घोषणा गर्नुभएकोमा मन्त्री बस्नेतले नगरप्रमुख सिंहप्रति आभार व्यक्त गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा देखिएका बेथितीहरु विस्तारै सामाधान गर्दै लगिएको र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुको पहिचान गर्दै उनीहरुउपर कानुनी कारवाहीको प्रक्रिया सुरु गरिसकिएको बताउँदै उहाँले सो घटनामा केही सुरक्षाकर्मीमाथि पनि कारवाही प्रक्रिया अघि बढाइसकिएको बताउनुभयो ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जनाउँदै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न र अराजक गतिबिधि रोक्न सरकार अब कडा रुपमा प्रस्तुत हुने दाबी गर्नुभयो । 

सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता निष्कर्षनजिक पुगिसकेको जनाउँदै उहाँले चिकित्सकलाई सहज र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेकाले आन्दोलन रोकेर काममा फर्किन चिकित्सकलाई आग्रह गर्नुभयो ।

नारायणी अस्पतालको नयाँ भवन निर्माणका क्रममा परेको मुद्दालाई छिट्टोभन्दा छिटो अदालतले टुङ्गो लगाएर तत्काल निर्माण कार्य अघि बढाइने त्यसको लागि आफूले सक्दो पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।  

आफू उपचारको अभावमा ज्यान गुमाउनुपर्ने वर्तमान अवस्थाको अन्त्य हुनेगरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताउनु हुँदै मन्त्री बस्नेतले उपचार गराएर सबै सम्पति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अहिलेको अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको दाबी गर्नुभयो । 

कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेशलाई स्वस्थ्य प्रदेश बनाउनेगरी प्रदेश सरकारले आवश्यक कार्य अघि बढाएकाले यसमा सबैपक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।  

मधेस प्रदेशका सातवटा अस्पताललाई १०० शैयाको अस्पतालमा स्तरोन्नति गरिएको बताउनुहुँदै उहाँले अस्पताल नभएका प्रदेशका चार स्थानमा ५० शैयाको प्रादेशिक अस्पताल निर्माण गरिएको बताउनुभयो । 

प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले नारायणी अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न गर्दैै अस्पतालको सेवामा सुधार ल्याउन संसदीय कोषको रकम आएमा आफ्नो संसदीय कोषबाट १ करोड रुपियाँ बजेट उपलब्ध गराउने घोषणा गर्नुभयो । 

अर्का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सरकारी उदासिनताको कारण काठमाडौंको वीरअस्पतालसँगै स्थापना भएको नारायणी अस्पतालले जनशक्ति र उपकरणको अभावसँगै सरसफाइको समस्या भोग्दैआएको जनाउदै तत्काल दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, मधेस प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, नारायणी अस्पताल विकास समितिका सदस्य किरण शर्माले नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या तत्काल समाधान गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा मन्त्री बस्नेतले नारायणी अस्पतालको भौतिक पुर्वाधार निर्माणमा योगदान गरेवापत वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, शहरी विकास तथा भवन कार्यालय वीरगञ्जका प्रमुख मदन राय, सिद्धार्थ बैंक लिमिटेड वीरगञ्ज र राउण्ड टेबल वीरगञ्जलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

यस्तै स्वास्थ्यको क्षेत्रमा बिशेष योगदान गरेको भन्दै बरिष्ठ चिकित्सक डा. रामअवतार खेतान, डा. गोपालप्रसाद गजुरेल र राधाकृष्ण ज्ञवालीलाई समेत मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर