नेभिगेसन मेनु

‘लम्पी स्किन’ विरुद्ध खोप अभियान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-04 12:30

Untitled-1 (7)

बर्दीबास, असोज १७ गते । चौपायामा फैलिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि बर्दीबास नगरपालिकाले खोप अभियान सुरु गरेको छ ।

प्रकोप बनेको ‘लम्पी स्किन’ रोकथाम गरी किसानलाई राहत दिन स्रोतसाधनको कमी हुन नदिने नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताउनुभयो । खोप अभियान सञ्चालन गर्न नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट पशु शाखालाई १० लाख रुपियाँ निकासा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले   बताउनुभयो । उहाँका अनुसार ‘लम्पी स्किन’ बाट बर्दीबासका १४ वटै वडाका चौपाया प्रभावित छन् । सुरुमा गाईगोरुमा फैलिएको यसको सङ्व्रmमण पछिल्लो समय भैँसीमा पनि देखा पर्न थालेपछि नगर क्षेत्रका करिब चार हजार चौपायालाई खोप लगाउन अभियान सञ्चालन गरिएको छ ।

नगरपालिकाका पशु शाखा प्रमुख मोहन खड्काका अनुसार अभियान सुरु भएयता दैनिक चार सय पशुलाई खोप लगाउन थालिएको छ । यसका लागि चार जना जनशक्ति खटाइएको छ । खोप पनि पर्याप्त छ । नगरपालिकाले ‘लम्पी स्किन’ रोग लागेका चौपायाको निःशुल्क उपचार पनि सुरु गरेको छ । यसका लागि सोही रकमबाट दुई लाख मूल्य बराबरका औषधी खरिद गरिएको उहाँले जनाउनुभयो । 

नगर पशु शाखाका अनुसार बर्दीबास नगरपालिकामा जेठदेखि सङ्व्रmमणका रूपमा फैलिएको ‘लम्पी स्किन’ बाट हजारभन्दा बढी चौपाया सङ्व्रmमित छन् । तीमध्ये १५० भन्दा बढी चौपाया मरेको शाखा प्रमुख खड्काले जनाउनुभयो । 

‘लम्पी स्किन’ बाट सबैभन्दा बढी खयरमारा–१० र ११ का चौपाया सङ्व्रmमित भएका छन् । स्थानीय पोषण थापाले आफ्नो गोठका बाच्छाबाच्छीसमेत गरी २६ चौपाया सङ्व्रmमित भएको बताउनुभयो । 

‘लम्पी स्किन’ ले महामारीको रूप लिएपछि यसअघि नै भेटेरिनरी असपताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राप्त खोप खयरमाराका आठ सय पशुलाई लगाइएको खड्काले जनाउनुभयो । ‘लम्पी स्किन’ बाट सङ्व्रmमित पशुलाई ज्वरो आउने, मुखबाट अत्यधिक ¥याल झर्ने, आँखा नदेख्ने, नाकबाट पानी बग्ने, शरीरभरि दुईदेखि पाँच सेन्टिमिटर व्यासको गाँठो आउने, गाँठो चिलाउँदा पशुमा छट्पटी बढने, त्यसमा पिप भरिएर फुट्ने, गर्भिणी गाईको गर्भपात हुने, दुध सुक्ने जस्ता लक्षण देखा परेको कृषकले जनाएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर