नेभिगेसन मेनु

शिवालय पोखरीमा मोटरबोट
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-11 13:05

Untitled-1-Recovered (5)

गौर, असोज २४ गते । गौर नगरपालिका–१ स्थित शिवालय मन्दिरनजिक रहेको पोखरीमा मोटरबोट सञ्चालन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित मोटरबोट सञ्चालनमा ल्याइएको हो । गौर नगरपालिकाले सञ्चालनमा ल्याइएको सो मोटरबोटको नगरप्रमुख शम्भु साहले एक कार्यक्रमबिच उद्घाटन गर्नुभएपछि नियमित सञ्चालन हुन थालेको हो । त्यस क्रममा उहाँले मोटरबोट सञ्चालनबाट पर्यटकीय स्थल तथा आन्तरिक आयवृद्धिमा सहयोगी भूमिका हुने बताउनुभयो । शिवालय पोखरीमा मोटरबोट सञ्चालनले रौतहटलगायत सीमावर्ती भारतको सीतामढी र पूर्वी चम्पारण जिल्लाबाट घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले पर्यटक भिœयाउने उद्देश्यसहित शिवालय पोखरीमा मोटरबोट र पाइडलबोट सञ्चालन गरिएको बताउनुभयो । मोटरबोटमा एक जनालाई १५० रुपियाँको टिकटमा चार राउन्ड घुमाउने व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले पोखरीको सौन्दर्यीकरण गरी मोटरबोट सञ्चालनसँगै चारैतिर बिहान र बेलुका हिँडडुल गर्न ‘वाकिङ ट्र्याक’ तथा जिमको व्यवस्थासमेत मिलाइएको जानकारी दिनुभयो ।

यसैबिच गौर नगरपालिकाका प्रमुख साहले वडा नं. ६ सवगढास्थित आधारभूत विद्यालयमा डिजिटल प्रविधिको सुरुवात गर्नुभएको छ । जनजागरण युवा क्लब बाराको एक्टिभ परियोजना कार्यव्रmम अन्तर्गत आधारभूत विद्यालयमा इसिडीका लागि डिजिटल कक्षाको उद्घाटन गर्नुभयो । मानव जीवनको मूलभूत आधार शिक्षा र स्वास्थ्य रहेकाले यसको समुचित विकास तथा सहज ढङ्गले सेवाग्राहीसमक्ष पु-याउने आफ्नो लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो । शिक्षाको विकासबिना मानव समाजको विकास परिकल्पना गर्न नसकिने हुनाले शिक्षाको विकासका लागि कुनै किसिमको कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर