नेभिगेसन मेनु

सिक्किममा बाढीको कहर : १४ जनाको मृत्यु, सय भन्दा बढी बेपत्ता
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-10-05 18:28

thumb (1)

झापा — सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिम तालमा विस्फोट भइ टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १४ सर्वसाधारणको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

बाढीका कारण २३ भारतीय सेनासहित सय जना भन्दा बढी बेपत्ता छन् । बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर आएको थियो । ताल विस्फोटपछि उत्तरी सिक्किमको चुङ्थाङ भत्काएर बाढी टिस्टामा मिसिएको थियो । जसका कारण टिस्टा आसपासको डिक्चु, सिंगताम, राङ्पोलगायतका साना–ठूला सहर बाढीको चपेटामा परेका थिए ।

बाढीले राजमार्ग, विद्युत्, खानेपानी लगायतका पूर्वाधारमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

सिक्किमको बाढीले बंगालका चार जिल्ला प्रभावित भएका छन् । भारतीय समाचार संस्थाहरुका अनुसार टिस्टा ब्यारेजबाट ८ हजार घनमिटर प्रतिसेकेन्ड पानी छोडेपछि कालिम्पोङ, दार्जिलिङ, जलपाईगुडी र कुचबिहार जिल्ला डुबानमा परेका हुन् । भारतीय सेनाको सहयोगमा बाढी प्रभावितको उद्धार र बेपत्ताको खोजी तीव्र पारिएको सिक्किम प्रहरीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर