नेभिगेसन मेनु

डेङ्गुको उच्च जोखिम
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-20 11:34

Untitled-1 (6)

हेटौँडा, भदौ ३ गते । बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म प्रदेशभरमा तीन हजार ११९ जनामा डेङ्गु सङ्व्मण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमणका कारण मकवानपुर र चितवनमा एक-एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो । 

प्रदेशका १३ जिल्लामा २०२३ जनवरी १ (गत पुस १७ गते) देखि हालसम्म सबभन्दा बढी धादिङमा डेङ्गु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा दुई हजार १३०, काठमाडौँमा २११, मकवानपुरमा १७७, ललितपुरमा १५८, चितवनमा १२८, भक्तपुरमा ११७, नुवाकोटमा ७१, रामेछापमा ३८, काभ्रेपलाञ्चोकमा ३५, सिन्धुलीमा २४, सिन्धुपाल्चोक १२ र दोलखामा १२ जनामा डेङ्गु सङ्व्रmमण पुष्टि भएको हो । सबभन्दा कम रसुवामा छ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सो मन्त्रालयका अनुसार शुक्रबार एकै दिन प्रदेशभर १३६ जनामा डेङ्गु सङ्क्रमण  पुष्टि भएको छ । अगस्ट १८ तारिख (साउन १६ देखि भदौ १ गते) सम्म एक हजार ९४४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । यसै गरी यस वर्षको जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८ र जुलाईमा ८६२ जनामा सङ्क्रमण पाइएको थियो । 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेङ्गु सङ्क्रमण  देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।

“पछिल्लो समय बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेको छ, डेङ्गु नियन्त्रणका लागि मन्त्रालयले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । धादिङमा हामीले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण ग-यौँ, अन्य जिल्लाका स्थानीय तहसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलाएका छौँ । धादिङमा सङ्क्रमितको सङ्ख्या धेरै बढेकाले अस्पतालमा छुट्टै वार्डमा राखेर उपचार भइरहेको छ,” मन्त्रालयका सूचना अधिकारी भुसालले भन्नुभयो । डेङ्गु परीक्षण किटको आपूर्ति माग र आवश्यकताका आधारमा स्वास्थ्य मन्त्रालयले गरिरहेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम देखिएको छ । साउनमा डेङ्गु रोग सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । 

चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले डेङ्गु प्रकोप नियन्त्रणका लागि महामारीजन्य रोगहरू नियन्त्रण र रोकथाम गर्न विभिन्न शीर्षकमा तीन करोड १२ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी डाक्टर भुषालले जानकारी दिनुभयो ।

डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण  हो । यो रोगको सङ्क्रमण  देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दाग देखापर्ने, बेहोस हुने लक्षण देखापर्ने स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मीका अनुसार यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तै : गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मटितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टोक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ । साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

राससका अनुसार चितवन जिल्लामा डेङ्गुको सङ्क्रमण  बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ गतेदेखि भदौ १ गतेसम्ममा १०८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । एक हजार १६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर