नेभिगेसन मेनु

नेपाल महिला सङ्घको प्रथम बैठक सम्पन्न
सम्पादक:南亚网络电视
समय:2023-07-06 13:21

sdfbaf

काठमाडौँ, असार २१ गते । नेपाल महिला सङ्घको नवगठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ सङ्गठनको रूपमा रहेको सङ्घको बैठक केन्द्रीय कार्यालय धापासी काठमाडौँमा सम्पन्न भएको हो । 

सङ्घका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत नेपाल महिला सङ्घलाई सशक्त भातृ सङ्गठनको रूपमा अगाडि बढाउने निर्णय  गरेको छ । लोकतन्त्रवादी महिलाहरूको एक मात्र छाता सङ्गठनको रूपमा ७६ वर्ष अगाडि नेपाली महिलाहरूको सर्वाङ्गीण हित, राजनीतिक अधिकार प्राप्ति, स्वतन्त्रता, समानता, आर्थिक समानताका सवालमा बुलन्द आवाज उठाउने पवित्र उद्देश्यका साथ स्थापना भएको नेपाल महिला सङ्घले आम महिलाको हक अधिकार स्थापित गर्ने विषयमा अझ सशक्त भूमिका खेल्नुपर्नेमा बैठकमा सहभागी महिलाहरूले जोड दिएका छन् । बैठकमा बोल्दै सङ्घका अध्यक्ष मिश्रले महिला सङ्घ स्थापनापश्चात् हरेक राजनीतिक आन्दोलनमा आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको यो सङ्गठनको भविष्यमा पनि विशेष भूमिका रहने बताउनुभयो ।

बैठकले प्रेस संयोजकमा मञ्जु नेपाल भण्डारी, आर्थिक समिति संयोजकमा वसन्ती भण्डारी, सदस्यमा तारा थपलिया, घरेलु हिंसा विरुद्धको समिति संयोजकमा सरस्वती बस्नेत र सदस्यहरूमा डा. सुष्मा तिवारी, ज्वाला पाण्डे, भारती जोशी, र्यापिड रेस्पोन्स टिममा डा. अमिता प्रधान, डा. सीता घिमिरे र ट्रेड युनियन सम्पर्क समितिमा भीमकला गैह्रेलाई जिम्मेवारी दिएको छ ।

पार्टीको चौधौँ महाधिवेशनपछि बनेको तदर्थ समितिले यथाशक्य छिटो जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी गर्न लागेको प्रेस संयोजक मञ्जु नेपाल भण्डारीले बताउनुभयो । बैठकले प्रदेशहरूमा प्रशिक्षण कार्यक्रम गर्ने, सङ्घको स्थापना दिवस मनाउने र संस्थापक अध्यक्ष स्वर्गीय मङ्गलादेवी सिंहको स्मृति दिवस मनाउने लगायतका निर्णयहरू गरेको र जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा प्रदेश प्रशिक्षणका लागि केन्द्रीय प्रतिनिधि तोक्ने अधिकार अध्यक्षलाई दिएको भण्डारीले जानकारी दिनुभयो ।

वर्तमान परिस्थितिमा महिलाका राजनीतिक, आर्थिक हक अधिकार लगायत समानता र सुरक्षाका विषयमा नेपाल महिला सङ्घ कसरी प्रस्तुत हुने, नेपाली काँग्रेसको नीति तथा सिद्धान्त लगायत महिला सुरक्षा र महिला सङ्घको आगामी कार्यदिशासहित विभिन्न विषयमा जानकारी गराउने उद्देश्यका साथ सातै वटा प्रदेशमा प्रशिक्षण गर्न लागिएको हो ।

बैठक पछि सङ्घका अध्यक्ष तथा सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटी महिला सङ्घको बैठक तथा भावी कार्य योजनाका बारेमा जानकारी गराएका छन् । भेटमा सभापति देउवाले नवगठित केन्द्रीय तदर्थ समितिका अध्यक्ष तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ । सङ्घलाई महत्त्वपूर्ण निर्देशन दिँदै आधा आकाश ढाक्ने महिलाहरूको सङ्गठन अझ सङ्गठित र जुझारु भएर आफ्ना हक अधिकारका लाग्नुपर्ने र विगतमा पार्टी निर्माणमा महिला सङ्घको अहम् भूमिका निर्वाह गरेको पनि देउवाले बताउनुभयो । सङ्घले प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिहरूको मनोनयन गर्ने कामलाई छिट्टै पूरा गरी सङ्गठनलाई गतिशील बनाउने जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर