नेभिगेसन मेनु

विपद्का घटनामा हालसम्म १० को मृत्यु, २६ बेपत्ता
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:10

0

काठमाडौं, असार ५ गते । विपद्का घटनाहरूबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरूबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

त्यस्तै, छ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रूपमा क्षति भएको जानकारी उहाँले  दिनुभयो । गृहमन्त्री श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताउनुभयो ।

‘‘यस वर्ष नेपालमा मिति २०८० जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको छ । यसको असर नेपालको पूर्वी पहाडी जिल्लाहरू सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरमा बढी देखिएको छ । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाहरूबाट देशको पूर्वी भूभागका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा केही व्यक्तिहरूको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन् ।,’’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘विपद्का घटनाहरूबाट हालसम्म १० जनाको मृत्यु, छ जना घाइते, २६ जना बेपत्ता छन् भने ५४ घर पूर्णरुपमा क्षति भएको जानकारी प्राप्त भएको छ । विवरण आउने क्रम अझै जारी छ ।’’

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरूप तत्काल पुनः स्थापनाका लागि रकम उपलब्ध गराइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम मृतकको परिवारमा एकजनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । घरवास क्षति भएकालाई तत्काल गुजाराका लागि प्रति परिवार १५ देखि २० हजार उपलब्ध गराउने व्यवस्था मापदण्ड अनुसार मिलाइएको छ । तत्काल खोज, उद्धार तथा राहत सम्बन्धी अन्य व्यवस्था मापदण्ड बमोजिम भइरहेको छ ।’’

गृहमन्त्री श्रेष्ठले राहत, उद्धार तथा पुनः स्थापनाका लागि सरकारले स्थानीय तहलगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर