नेभिगेसन मेनु

सिक्टाको पानीले किसानलाई खुसी
सम्पादक:南亚网络电视
समय:2023-07-03 12:45

Untitled-1

नेपालगन्ज, असार १८ गते । करिब दुई दशकअघिदेखि निर्माण थालिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी आपूर्ति नियमित भएपछि कृषकले उत्पादन बढ्ने आशाले खुसी भएका छन् । पूर्वी नहरबाट चार हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा पुगेपछि करिब सात हजार किसानले अब वर्षैभर खेती गर्न पानीको  सुनिश्चितता भएको छ । 

सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवका अनुसार ३७ किलोमिटर पूर्वी नहर र सो अन्तर्गतका छ वटा शाखा नहरको निर्माण कार्य सम्पन्न गरी दुई सातापहिले सञ्चालनमा ल्याइएको हो ।

राप्तीसोनारीका किसान जगबहादुर गिरीले फत्तेपुरसम्म आयोजनाको नहरमा पानी बगेपछि वर्षाको भरमा मात्रै खेती गर्ने बाध्यता समाप्त भएको जनाउँदै अब जुनसुकै खेती जति बेला पनि गर्न पाइएको बताउनुभयो ।  यसैगरी अगुवा किसान तथा संविधान सभा सदस्य पट्टु थारूले गाउँमा सिक्टाको पानी पुगेपछि किसानको दिनचर्या बदलिएको जनाउँदै अब वर्षमा चार बालीसम्म खेती गर्न सकिने बताउनुभयो । 

आयोजनाका निर्देशक रमेशबहादुर सिंहले अब १५ किलोमिटर मूल नहर र केही शाखा नहर निर्माणको काम मात्र बाँकी रहेकाले सो कार्य पनि छिटै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।  

पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालिका–कुमार जेभीसँग तीन अर्ब छ करोड ९८ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

विभिन्न प्रकारका बाधा अडचनका बाबजुद पनि कालिका–कुमार जेभीले म्याद थप गर्दै नहर निर्माण सम्पन्न गरेको थियो । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु-याउने उद्देश्यले आर्थिक वर्ष २०६१/६२ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर