नेभिगेसन मेनु

अनुदानमा कृषि सामग्री
सम्पादक:南亚网络电视
समय:2023-06-15 13:05

Untitled-1 (38)

नेपालगन्ज, जेठ ३२ गते । बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई अत्याधुनिक तरिकाले खेती गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । 

कृषि उत्पादनलाई वृद्धि गर्ने अभियानका साथ किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता बिसीले संयुक्त रूपमा किसानलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गर्नुभयो । 

नगर प्रमुख आचार्यले अत्याधुनिक कृषि सामग्रीको प्रयोग गरेर उत्पादन बढाउँदै किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा यो सामग्री वितरण गरिएको बताउनुभयो । 

उहाँले कृषि सामग्री तथा उपकरण लिएर घरमा प्रयोग नगरी थन्काउने गरेको गुनासो आएकाले आगामी दिनमा यस्ता गुनासा नआउने गरी प्रयोगमा ल्याउन कृषकलाई आग्रह गर्नुभयो । प्रमुख आचार्यले यस पटक तेरो मेरो नभनेर मापदण्ड अनुसार वास्तविक किसानलाई मात्र कृषि सामग्री र उपकरण प्रदान गरिएको पनि बताउनुभयो । 

कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले नगरपालिकाले कृषि उत्पादनमा जोड दिई प्राथमिकताका साथ काम गरिरहेको जनाउँदै गएको एक वर्षको अवधिमा कृषिलाई विशेष जोड दिएर कृषिमा आत्मनिर्भर बनाउन पकेट क्षेत्रसमेत घोषणा गरिएको बताउनुभयो । नगर कृषि शाखाका नायब प्राविधिक सहायक यज्ञ रोकायका अनुसार सो अवसरमा सात वटा मिनी ट्रेलर र छ वटा पाउन ट्रेलर वितरण गरिएको छ भने साना सिँचाइका लागि ३० वटा पम्पसेट र ३० वटै सेक्सन पाइप, ३५ वटा डेलिभरी पाइप, ग्राडेन पाइप १० वटा रोल, धान पकेट क्षेत्रमा दुई पावर ट्रिलर र नौ वटा मिनी ट्रिलर तथा तरकारी पकेट क्षेत्रमा तीन वटा पावर ट्रिलरसहित त्यसमा लाग्ने सामान पनि वितरण गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर