नेभिगेसन मेनु

जलाधार संरक्षणका लागि पोखरी निर्माण
सम्पादक:南亚网络电视
समय:2023-06-22 15:01

ण

तम्घास, असार ७ गते  । जलाधार संरक्षण तथा वन्यजन्तुका लागि ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले पछिल्ला तीन वर्षमा जिल्लाका विभिन्न स्थानमा ३८ वटा पोखरी निर्माण गरेको जनाएको छ।

कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार आर्थिक वर्ष २०७७/७८ मा तीन, आव २०७८/७९ मा संरक्षित वन अन्तर्गत १०, पीडितसँग प्रदेश सरकार कार्यक्रम अन्तर्गत पाँच र वन्यजन्तुका लागि पोखरी निर्माण कार्यक्रम अन्तर्गत पाँच गरी २० वटा पोखरी निर्माण गरिएको हो।

चालु आवमा ‘एक वडा एक पोखरी’ अभियान कार्यक्रम अन्तर्गत रुरु क्षेत्र, सत्यवती र रेसुङ्गा नगरपालिकाको भाडगाउँमा छ वटा पोखरी निर्माणाधीन छन्। वन संरक्षण क्षेत्र विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा संरक्षित वनभित्र तीन वटा, मदाने संरक्षित वनमा दुई र थाप्ले सत्यवती सालिमेदह वन अन्तर्गत चार वटा पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो।

सुक्खा पोखरी निर्माण गर्दा जलाधार संरक्षण, वन्यजन्तुका लागि, प्राकृतिक सौन्दर्यका लागि र पानीका मुहानहरू नसुक्ने भएकाले यसरी पोखरी निर्माण गर्ने गरेको उहाँको भनाइ छ। 

पालिकाका आठ पोखरी 

जिल्लाको कालीगण्डकी गाउँपालिकामा एक गाउँ एक पोखरी निर्माणको अभियान चलाइएको छ। पशुपन्छीका लागि सहज रूपमा पानीको व्यवस्था होस् भन्नाका लागि सो अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख वेदबहादुर थापाले जानकारी दिनुभयो। समुदायमा रहेका स्थानीय सामुदायिक वनका समितिहरूसँग सहकार्य गरी गत वर्ष आठ वटा सुक्खा पोखरी निर्माण गरिएको पालिका प्रमुख थापाले बताउनुभयो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर