नेभिगेसन मेनु

बागमती प्रदेशको बजेटमाथि आजबाट छलफल सुरु
सम्पादक:南亚网络电视
समय:2023-06-27 13:30

bagmati-pradesh-sabha

हेटौँडा, असार १२ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ क लागि ल्याएको बजेटमाथि (आज) मङ्गलवारबाट छलफल सुरु हुने भएको छ ।

प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले आगामी आवको बजेट असार १ गते टेबुल गर्नुभएको थियो । प्रदेश सभा सचिवालयका कृष्णहरि खड्काले बजेटमाथि आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा छलफल सुरु हुने जानकारी दिनुभयो  । आगामी आवको बजेटमा सबैभन्दा बढी रकम भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको छ । 

आगामी आवको कार्यक्रमहरू कार्यान्वयन गर्न ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ रहेको छ । साथै प्रदेश सभाको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० लाई पेस गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर