नेभिगेसन मेनु

‘खाऔँ आफ्नो बारीको नखाऔँ सीमापारिको’
सम्पादक:南亚网络电视
समय:2023-06-22 15:03

ण

म्याग्दी (बेनी), असार ७ गते । म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै रोजगारी सिर्जना र पालिकावासीलाई आत्मनिर्भर बनाउन ‘खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको’ भन्ने नारालाई आत्मसात् गर्दै तरकारी र फलफूल खेतीलाई प्राथमिकतामा राखेको छ। 

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि मङ्गलबार गाउँपालिकाको १३ औँ गाउँ सभाबाट पारित भएको नीति तथा कार्यक्रममा फलफूल, तरकारी तथा अन्नबालीको पकेट क्षेत्र पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरेर व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 

कृषि उपजको आयात प्रतिस्थापन गर्न र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु-याउने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । 

गाउँपालिकाले ‘युवाको ऊर्जा मालिकाको औजार’ कार्यक्रम अन्तर्गत बाँझो जग्गा सदुपयोगका लागि तालिम, औजार, उपकरण र प्रविधि हस्तान्तरणसँगै सामुदायिक विद्यालयको दिवा खाजामा रैथाने उत्पादनलाई प्राथमिकता दिने नीति बनाएको छ। गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ। बसाइँसराइ र वैदेशिक रोजगारका कारण गाउँमा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि आगामी आवको नीति तथा कार्यक्रममा स्थानीय सम्भावनाको खोजी र उजागरका विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको अध्यक्ष गर्बुजाले बताउनुभयो। 

वैदेशिक रोजगारबाट फर्केका युवाले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि प्रोत्साहन गर्ने नीति पालिकाले लिएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर