नेभिगेसन मेनु

प्रधानमन्त्रीको भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउनुपर्छ : नेपाल
सम्पादक:南亚网络电视
समय:2023-05-22 16:52

madhav-nepal_NU49S3ydFA

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय उठाउनुपर्ने बताएका छन्। सोमबार संसद बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसन्दर्भमा नेपालको नक्साको विषय उठाउनुपर्ने आवश्यकता रहेको  बताएका हुन्।

‘हाम्रो देशको जुन लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको नक्साको सन्दर्भमा कुराहरु आएको छ। यो अवस्य पनि यो उल्लेख हुनुपनि पर्दछ।’उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा यसलाई उठाउनुपर्ने पनि आवश्यकता छ।’

उनले छिमेकी देश र सबै अन्य देशहरुसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताए। नेपालले नेपालको हीत र सम्मानको कुरा गर्न चाहने धारणा राखे। उनले भने,‘हाम्रो देशलाई स्वाभिमानी देशको रुपमा परिचित बनाउन चाहन्छौं। त्यसको निम्ति सबैको सहयोग पनि हामी चाहन्छौं।’

पूर्वप्रधानमन्त्री नेपालले अनेकौं सेटिङ र भ्रष्टाचारले विद्यार्थीले नेपालमै डाक्टर पढ्न नपाएर विदेश गइरहेको बताए। उनले नेपालमै उत्पादन बढाएर रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर